images

शनिवार, बैशाख १५ गते २०८१

हराएका मोबाइल रुपन्देही प्रहरीद्वारा सम्बन्धित धनीलाई बुझाइयो

हराएका मोबाइल रुपन्देही प्रहरीद्वारा सम्बन्धित धनीलाई बुझाइयो

images
images
images
शुक्रवार, चैत्र १६ २०८०
शुक्रवार, चैत्र १६ २०८०
  • हराएका मोबाइल रुपन्देही प्रहरीद्वारा सम्बन्धित धनीलाई बुझाइयो

    भैरहवा, १६ चैत ।
    रुपन्देही प्रहरीले विभिन्न कम्पनीका मोबाइल सेटहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । मोबाइलहरुको खोजतलास तथा अनुसन्धान गर्दै जाने क्रममा हराएका मोबाइल फेला पारी सम्बन्धित मोबाइल धनीहरुलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।

    images

    ‘विभिन्न व्यक्तिहरुले विभिन्न मिति र समयमा आफूहरुले प्रयोग गर्दै आइरहेको मोबाइल सेटहरु हराएको हुँदा खोजतलास गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लिखित निवेदन पेश गरेका थिए, ’डीएसपी भट्टले भने ।

    ओप्पो मोबाइल ३ थान, रेडमी ३ थान, पोको २ थान, वन प्लस २ थान, रियलमी १ थान र ईनफिनिक्स मोबाइल १ थान गरी १२ थान फेला पारेर सम्बन्धित मोबाइल धनीलाई बुझाइएको उनले बताए ।

    बुटवल उपमहानगरपालिका–८ का अभिषेक पौडेल, सिद्धार्थनगर नगरपालिका–३ का समृद्धि त्रिपाठी, सिद्धार्थनगर–३ का नम्रता कुमारी चौधरी, वडा नम्बर १२ का हरीओम थारु, वडा नम्बर ३ का बिवेक थापा क्षेत्री,  सियारी गाउँपालिका–१ का शुसिला यादव, मायादेवी गाउँपालिका–८ का धन बहादुर सुनार, कोटहीमाई गाउँपालिका–४ का रामानन्द चाई, तिलोत्तमा नगरपालिका–१४ का खिरमाया पुन, लुम्बिनी साँस्कृतिक नगरपालिका–१ का प्रवल श्रीवास्तव, बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका–२ का छविलाल पौडेल र अर्घाखाँची सितगंगा नगरपालिका–२ बस्ने आस्था घिमिरेलाई मोबाइल बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

    २ (2).JPG

    संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij