images

आइतवार, बैशाख १६ गते २०८१

रुपन्देही सुपर लिग : डिभिजन ‘ए’ को पहिलो खेलमा सैनामैना विजयी

रुपन्देही सुपर लिग : डिभिजन ‘ए’ को पहिलो खेलमा सैनामैना विजयी

images
images
images
बिहिवार, चैत्र १५ २०८०
बिहिवार, चैत्र १५ २०८०
  • रुपन्देही सुपर लिग : डिभिजन ‘ए’ को पहिलो खेलमा सैनामैना विजयी

    भैरहवा, १५ चैत ।
    भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग’ एकदिवसीय क्रिकेट प्रतियोगितामा बिहीबारदेखि डिभिजन ‘ए’ को खेल सुरु भएको  छ । डिभिजन ‘ए’ को पहिलो खेलमा सैनामैमा क्रिकेट क्लबले वेष्टर्न क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै जीत हात पारेको छ ।

    images

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ५० ओभरमा ४१ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ६२ रनको मध्यमस्तरको योगफल बनायो । उसका लागि मिर्नाल गुरुङले ३३, दिपेश रोक्काले १९, सुमित श्रेष्ठले अविजित १९, भुवन पाण्डेले १८ र सन्देश थापाले १० रन बनाए । बलिङमा सैनामैनाका गणेश गौतमले ५ तथा डिलसद अली र सुनिल पौडेलले समान २–२ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको सैनामैनाले ४४ ओभर ४ बलमा ८ विकेट गुमाउँदै १ सय ६५ रन बनायो र जित निकाल्यो । उसको जितमा  निश्चल क्षेत्रीले अर्धशतकीय पारी खेल्दै ६१ रन बनाए । यस्तै, सुजन क्षेत्रीले २८ र  डिलसद अलीले १३ रन जोडे । बलिङमा वेष्टर्नका दिनेश अधिकारीले ३ तथा अभिषेक गौतम र सुमित श्रेष्ठले समान २–२ विकेट लिए । सैनामैनाका गणेश गौतम म्यान अफ द म्याच भई एक हजार दुईसय रुपैयाँ पाए ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगितामा आगामी वैशाख ४ गतेसम्म सञ्चालन संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij