images

शनिवार, बैशाख १५ गते २०८१

लुम्बिनीका बिहारमा होटल व्यवसाय बन्द गर्नुपर्ने माग राख्दै आन्दोलनको घोषणा

लुम्बिनीका बिहारमा होटल व्यवसाय बन्द गर्नुपर्ने माग राख्दै आन्दोलनको घोषणा

images
images
images
बिहिवार, चैत्र १५ २०८०
बिहिवार, चैत्र १५ २०८०
  • लुम्बिनीका बिहारमा होटल व्यवसाय बन्द गर्नुपर्ने माग राख्दै आन्दोलनको घोषणा

    भैरहवा, १५ चैत ।
    लुम्बिनी विकास कोषको हाताभित्र बनाइएको बिहारहरुमा पर्यटक, धार्मिक पर्यटक वा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग राख्दै यहाँका व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका छन् ।

    images

    लुम्बिनी होटल संघ नेपालले गुरुयोजना क्षेत्रका बिहार तथा गुम्बाहरुमा पर्यटक राख्ने व्यवस्था अविलम्ब स्थायी रुपमा रोक लगाउन लुम्बिनी विकास कोषविरुद्ध आन्दोलन गर्ने बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

    संघले ‘गरी खान देउ’ भन्ने नाराका साथ आन्दोलन थालेको अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले बताए । आन्दोलनका कार्यक्रम अन्तर्गत चैत १५ गतेदेखि माग पूरा नभएसम्म लुम्बिनी विकास कोषको कार्यालय प्रांगणमा शान्तिपूर्ण धर्नासहितका विभिन्न कार्यक्रम गर्ने, तीन दिनसम्म दिनको २ घण्टा शान्तिपूर्ण धर्ना र त्यसपछि समय बढाउँदै लैजाने, लुम्बिनीमा उपलब्ध हुन सक्ने बिद्धत वर्गहरुलाई सम्मिलित गरी प्रा. केन्जो टाँगेले तयार गरेको गुरुयोजनामाथि छलफल, विमर्श गरी निचोड सम्बन्धित मन्त्रालयहरुमा बुझाउने ज्ञवालीले बताए । ‘हाम्रा मागहरुमा ऐक्यवद्ध हुने अन्य संघ–संस्थाहरुलाई आन्दोलनमा सहभागी गराउँदै लैजानेछौं । त्यसपछि दोस्रो चरणको आन्दोलनको घोषणा गर्नेछौं । ७ दिनसम्म कुनै सुनुवाइ नभए आन्दोलनकारीको भावना र परिस्थितिको भावना र परिस्थिति अनुसार विभिन्न कार्यक्रम गर्नेछौं, ’उनले भने ।

    लुम्बिनीका सम्पूर्ण पर्यटन व्यवसायी गर वा मरको स्थितिमा पुर्याउनेहरुले आफूहरुका मागहरुलाई सम्बोधन नगरे वा नगराइए आन्दोलन नरोकिने उनले बताए । ‘बुद्ध जन्मस्थल भएकोले हाम्रा आन्दोलन शान्तिपूर्ण हुनेछ । तर, आवश्यकता र परिस्थितिले माग गरे आन्दोलनमा प्रयोग हुने उपायहरुको प्रयोग गरिनेछ, ’अध्यक्ष ज्ञवालीले भने ।
    आन्दोलनले ल्याउने विषम परिस्थितिको जिम्मेवार माग सम्बोधन नगर्ने लुम्बिनी विकास कोष र सम्बन्धित मन्त्रालय हुने उनले बताए । 

    सयौं कोठाहरु पर्यटक राख्ने गरी बिहारहरु बनाइएको तथा बिहार र गुम्बा भनिने ठाउँहरु बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको नमूना नभइ व्यापारको थलो बनेको उनको भनाइ छ ।

    समस्या समाधानको माग गर्दै गत फागुन २९ गते ७ दिनको समय दिएर ज्ञापनपत्र बुझाइएकोमा अघिल्ला वर्षहरु जस्तै बिहारहरुलाई एक एक थान पत्र बुझाउनुबाहेक कुनै ठोस कदम नचालिएको ज्ञवालीले बताए ।

    संघका महासचिव पुरुषोत्तम अर्यालले नियमविपरीत बिहारमा होटल व्यवसाय सञ्चालन गरेको कार्यविरुद्ध १२ वर्षदेखि आफूहरु लड्दै आएको र हालसम्म मागको सुनुवाइ नभएको बताए । उनले अबको लडाई अन्तिम लडाई भएको बताए । बिहार गेष्ट हाउसको रुपमा सञ्चालन गरिदा होटल व्यवसायलाई विस्थापित गर्न खोजिएको बताए । 

    पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्मा, उपाध्यक्ष शेखर कार्की, कोषाध्यक्ष किरण प्रसाद कंडेल, कानूनी सल्लाहकार तथा अधिवक्ता प्रख्यात बन्जाडे, चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) लुम्बिनी शाखाका अध्यक्ष कृष्ण बहादुर गुरुङ (अनिल) लगायतले भनाइ राखेका थिए ।

    लुम्बिनी होटल संघका अनुसार लुम्बिनीको पर्यटन व्यवसायमा अहिलेसम्म निजी क्षेत्रको १५ अर्ब रुपैयाँ लगानी भएको छ । होटल व्यवसायमा मात्र ७ अर्ब बढी लगानी भएको छ ।

    विगतमा राम्रो व्यवसाय सञ्चालनमा रहेको होटलहरुमध्ये गत वर्ष लुम्बिनी वरपर खोलिएको १० भन्दा बढी होटलहरु स्थायी रुपमा बन्द भएको संघका अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले खबरपात्रोलाई बताए । ‘यो वर्ष थप केही होटलहरु बन्द हुने अवस्थामा पुगेका छन् । लुम्बिनीको पर्यटकीय वातावरणमा यस्तो संकट यसअघि कहिल्यै देखिएको थिएन, ’उनले भने ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij