images

शनिवार, बैशाख १५ गते २०८१

मायादेवी मन्दिर परिसरबाट व्यवसायीले भने–‘गरी खान देउ’

मायादेवी मन्दिर परिसरबाट व्यवसायीले भने–‘गरी खान देउ’

images
images
images
बुधवार, चैत्र १४ २०८०
बुधवार, चैत्र १४ २०८०
  • मायादेवी मन्दिर परिसरबाट व्यवसायीले भने–‘गरी खान देउ’

    भैरहवा, १४ चैत ।
    लुम्बिनी विकास कोषभित्रका बिहार तथा गुम्बामा पर्यटक राखेर व्यवसाय गर्न दिइएको भन्दै यहाँका होटल व्यवसायीले विरोध गरेका छन् । लुम्बिनी होटल संघ, नेपालको अगुवाइमा स्थानीय बासिन्दा तथा पर्यटन व्यवसायीहरुको आन्दोलनको पूर्वसन्ध्यामा मंगलबार बेलुकी मायादेवी मन्दिर परिसरमा दीप प्रज्जवलन तथा परित्राण पाठ कार्यक्रम गरिएको छ ।

    images

    ‘गरी खान देउ’ भन्ने मूल नाराका साथ लुम्बिनी विकास कोषविरुद्ध शान्तिपूर्ण आन्दोलन थालिएको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले बताए । ‘गौतमबुद्धको जन्मस्थल पवित्रभूमि लुम्बिनीभित्रका बिहार तथा गुम्बा गेष्टहाउस र होटलको रुपमा सञ्चालन भइरहेको छ । जसका कारण व्यवसायी धरासायी हुने स्थितिमा छन् । बाध्य भएर यो कार्यक्रम अघि सारेका छौं, ’ज्ञवालीले भने ।

    उनले विगत एक दशकदेखि लुम्बिनीभित्रका गुम्बा तथा बिहारमा व्यवसायिक रुपमा होटल सञ्चालन नगर्न माग गर्दै आए पनि मागको सुनुवाइ नभएकाले बाध्यताबस आन्दोलनमा उत्रिनुपरेको बताए । ‘लुम्बिनीको होटल व्यवसाय कहालीलाग्दो अवस्थामा पुगेको छ । लुम्बिनी विकास कोषका पदाधिकारीले आफ्ना गल्ती सच्याउनुहुन्छ र यहाँका पदाधिकारी तथा कर्मचारीको सदवुद्धि पलाओस् भनी १०८ दीप प्रज्जवलन तथा परित्राण पाठ गरेका छौं । ’उनले भने ।

    उनले विश्वमै शान्तिको सन्देश फैलाउने गौतमबुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरबाट जायज माग पुरा गराउन शान्तिपूर्ण कार्यक्रमको सुरुवात गरिएको बताए ।  ‘व्यवसायीले लुम्बिनी विकास कोषबाट कुनै सहयोग पाएका छैनौ । कोषबाट नै व्यवसायमाथि हमला हुने काम भयो । कोषमा साढे १२ सय विघामा ४२ वटा प्लट छुट्याएर जुन उद्देश्यले उहाँहरु (गुम्बा तथा बिहारहरु) लाई जग्गा दिइएको थियो । त्यो उद्देश्य पुरा नगरी व्यवसायिक प्रयोजनका लागि गेष्ट हाउस सञ्चालन गरिएको छ, ’उनले भने ।

    माग पूरा नभएसम्म एक कदम पनि पछाडी नहट्ने र आन्दोलनलाई निरन्तर अघि बढाउने ज्ञवालीले बताए । उनले शान्तिपूर्ण आन्दोलनको वेवास्ता गरिए आन्दोलनलाई अझ सशक्त बनाउने र लुम्बिनीमा सञ्चालित सम्पूर्ण होटलका चाबी लुम्बिनी विकास कोषलाई बुझाउने चेतावनी दिए । 

    अध्यक्ष ज्ञवालीका अनुसार संघले गत फागुन २९ गते कोषलाई ज्ञापनपत्र बुझाएको र कोषबाट चैत २ गते पत्र प्राप्त भएपछि समस्या समाधान हुने आशामा रहे पनि त्यसो हुन सकेन । उनले कोषसँग वार्तामा बस्न तयार रहेको बताए।

    IMG_2223.JPG

    लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले बिहारको भावनाविपरीत होटलको रुपमा सञ्चालन हुन लागेको धेरै लामो समय भइसक्दा र पटकपटक सचेत गराउँदा पनि वेवास्ता गरिएको बताए । उनले भने, ‘महानाम भन्तेज्यूबाट परित्राण पाठ गरिएको छ । गलत कार्य रोक्ने सदवुद्धि पलाओस् भनेर यो कार्यक्रम गरेका हौं ।’

    IMG_2253.JPG

    महासचिव अर्यालले चैत १४ गते बुधबार (आज) दिउँसो ३ बजे लुम्बिनीमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने जानकारी दिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij