images

शनिवार, बैशाख १५ गते २०८१

कर्तव्य ज्यान मुद्दाका आरोपी १८ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका आरोपी १८ वर्षपछि पक्राउ

images
images
images
बुधवार, चैत्र १४ २०८०
बुधवार, चैत्र १४ २०८०
  • कर्तव्य ज्यान मुद्दाका आरोपी १८ वर्षपछि पक्राउ

    भैरहवा, १४ चैत ।
    कर्तव्य ज्यान मुद्दाका आरोपीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । उनी १८ वर्षपछि पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रूपन्देहीको साविक गंगोलिया गा.वि.स.वडा नम्बर ५ हाल तिलोत्तमा नगरपालिका वडा नम्बर १७ दरखसवाका ५२ वर्षिय रामपृत मल्लाह रहेको प्रहरीले जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टका अनुसार २०६२ पुस २५ गते राती अन्दाजी २ बजे साविक गंगोलिया गा.वि.स.–५ (हाल तिलोत्तमा–१७ दरखसवा) निवासी रामपृत मल्लाह लगायतका व्यक्तिहरुले सोही स्थान बस्ने जंग बहादुर यादवलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा गोली हानी हत्या गरेको आरोप छ ।

    ‘घटना भएदेखि फरार रहेका व्यक्तिहरुलाई खोजतलास तथा अनुसन्धान गर्दै जाँदा भारतबाट नेपालतर्फ फर्कने क्रममा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहियामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रामपृतलाई पक्राउ गरेको हो, ’डीएसपी भट्टले भने ।

    रामपृतविरुद्ध २०६२ पुस २६ गते ईलाका प्रहरी कार्यालय बुटवलमा उजुरी परेको थियो ।

    रुपन्देही जिल्ला अदालतबाट १० दिनको म्याद थप भएको र हाल ईलाका प्रहरी कार्यालय बुटवलबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार गाउँकै सार्वजनिक जग्गामा प्रतिवादी रामपृत मल्लाहले घरटहरा बनाएको विषयमा मृतक जंग बहादुरलगायत स्थानीयहरुसँग विवाद रहेको अनुसन्धानबाट खुलेको छ ।

    प्रतिवादी रामपृतले घरटहरा बनाएको सार्वजनिक स्थानमा मृतक लगायतका स्थानीयहरुले मन्दिर बनाउने निर्णय गरेको थिए । तर, केही दिनको विवादपश्चात पक्राउ परेका रामपृत लगायतका व्यक्तिहरु रातको २ बजे जंग बहादुर आफ्नै घरमा सुतिरहेको स्थानमा पुगेर टाउकोमा पेस्तोलले गोली हानी फरार रहेको भन्ने हालसम्मको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

    ‘उक्त घटना पश्चात भारतका विभिन्न स्थानहरुमा गइ लुकीछिपी बसेको र आफन्तहरुकै सहयोगमा भारतीय प्रहरी समेतको पहुँचभन्दा टाढा भित्री देहातमा कसैले शंका नपाउने गरी कृषि पेशा गरी बस्ने गरेका थिए, ’डीएसपी भट्टले भने ।

    प्रहरीका अनुसार रामपृत लामो समय बसेपश्चात हाल आफ्नो श्रीमती र छोरा समेतलाई भारतमा नै बोलाएर भारतीय भूमिमा घर बनाएर बस्दै आएका थिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij