२०८३, भाद्र १२ गते

Aug 28 2026 | २०८३, भाद्र १२ गते

सत्ता गठबन्धन आफैँ झगडा गरेर समाप्त हुन्छ : सांसद पौडेल

मंगलवार , चैत्र १३, २०८०

  • 781
    Shares
  • 781
    Shares
  • काठमाण्डाै, १३ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर समाप्त हुने बताएका छन् । 

    सांसद पौडेलले सत्ता गठबन्धन स्थायी नहुने दाबी समेत गरे । मंगलवार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धन स्थायी नहुने भएकाले काँग्रेसलाई फेरि मुलुकले सत्तामा पु¥याउने जिकिर समेत गरे ।

    पर्खिएर बसेको खण्डमा काँग्रेसलाई यो देशले आफैँ फेरि सत्तामा पु¥याउने सांसद पौडेलको भनाई थियो । उनले काँग्रेसका लागि सत्ता ठूलो नभएको भन्दै सत्तामा पुगेपछि देश र जनताको पक्षमा गर्ने कामको भने दृष्टिकोण बनाएर बस्नुपर्ने आवश्यकता औंल्याए । 

    सांसद पौडेलले भने ‘नेपाली काँग्रेसका लागि सत्ता ठूलो होइन । पर्खेर बसौं–काँग्रेसलाई यो देशले आफैं फेरि सत्तामा पु¥याउँछ । त्यसका निम्ति हतार नगरौं ।

    अहिले जुन गठबन्धन बनेको छ । त्यो गठबन्धन चीरस्थायी हुँदैन । चिरञ्जीवी हुँदैन । उहाँहरु आफैँमा झगडा गरेर यो गठबन्धन समाप्त हुनेछ । तर नेपाली काँग्रेस सत्तामा जाँदैगर्दा किन जाने हो, के गर्न जाने हो, कुन कुन क्षेत्रमा कसरी काम गर्ने हो रु भन्ने कुरा प्रष्ट हुनुपर्छ ।

    अहिले देखिएका बेथितिहरुको अन्त्य कसरी गर्ने हो रु त्यसको फेहरिस्त हामीसँग हुनुपर्छ । त्यसैले ब्लुप्रिन्ट तयार गर्नतिर लागौं ।

    नेपालको समृद्धि हामीले कसरी गर्दैछौं रु नेपालमा सुशासन हामीले कसरी कायम गर्दैछौं रु नेपालका तमाम शैक्षिक संस्थाहरु हामीले कसरी सुधार गर्दैछौं रु नेपालको स्वास्थ्य क्षेत्रमा सामान्य मानिसहरुको पहुँज कसरी स्थापित गर्दैछौं रु वैदशिक रोजगारीको यो बाध्यतालाई कसरी न्युनिकरण गरेर लाँदैछौ रु यी तमाम विषयमा हामीले एउटा स्पष्ट दृष्टिकोण बनाएर अगाडि बढौं ।’

    सांसद पौडेलले लोकतन्त्रमाथि देखिएका बेथिति अन्त्य गर्ने कामको नेतृत्व, मुलुकको समृद्धि यात्राको नेतृत्व नेपाली काँग्रेसले नै गर्ने समेत बताए ।