२०८२, आश्विन ४ गते

Sep 20 2025 | २०८२, आश्विन ४ गते

४६ औं नेत्रज्योति दिवसको अवसरमा संस्कृत विद्याश्रममा आँखा शिविर

मंगलवार , चैत्र १३, २०८०

  • 814
    Shares
  • 814
    Shares
  • भैरहवा, १३ चैत ।
    ४६ औं नेत्रज्योति दिवसको अवसरमा भैरहवामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका–३ स्थित संस्कृत विद्या सन्यास आश्रममा भएको शिविरमा शिक्षक, कर्मचारी, विद्यार्थीहरु गरी ३ दर्जन बढीको आँखा चेकजाँचका साथै औषधी तथा चश्माको व्यवस्था गरिएको कार्यक्रम संयोजक विष्णु प्रसाद उपाध्यायले बताए ।

    नेपाल नेत्रज्योति संघ, रुपन्देही शाखा, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण–अम्बिका शाह आँखा अस्पताल भैरहवाको आयोजनामा मंगलबार शिविर भएको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले बताए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल नेत्र ज्योति संघका लुम्बिनी प्रदेश सभापति सागर प्रताप राणाले आँखा जस्तो संवेदनशील अंगको चेकजाँच र उपचारमा ध्यान दिन आग्रह गरे ।

    त्यस्तै श्री १ हजार ८ स्वामी शान्तानन्द सरस्वतीले संस्कृत विद्याश्रममा शिविरको आयोजना गर्नु सराहनीय रहेको बताए ।

    नेपाल नेत्रज्योति संघ रुपन्देहीका सभापति कमलराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृत विद्या सन्यास आश्रमका अध्यक्ष डीआर शर्मा, आश्रमका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, कार्यसमिति सदस्य राजेश ढकाल, विजय नारायण श्रेष्ठ, मीना श्रेष्ठ, लता कटेल, दुर्गा कुमारी श्रेष्ठ, अस्पताल व्यवस्थापक प्रकाश रायमाझी, बाह्य कार्यक्रम अधिकृत संजिव अधिकारी, आजीवन सदस्य जानुका भट्टराई लगायतको सहभागीता थियो ।

    नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेश सचिव राजेन्द्र प्रसाद पन्थीको स्वागतमा भएको कार्यक्रमको सञ्चालन संघका रुपन्देही महासचिव गणेश क्षेत्रीले गरेका थिए ।

    आँखा शिविर कार्यक्रमका संयोजक एवं नेत्रज्योति संघ रुपन्देहीका सह–सचिव विष्णु प्रसाद उपाध्यायले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।