images

शनिवार, बैशाख १५ गते २०८१

सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा ‘चारतारे होटल’ को मान्यता

सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा ‘चारतारे होटल’ को मान्यता

images
images
images
सोमवार, चैत्र १२ २०८०
सोमवार, चैत्र १२ २०८०
  • सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा ‘चारतारे होटल’ को मान्यता

    रुपन्देही, १२ चैत ।
    सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा अवस्थित ‘सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट’ ले चारतारे होटल स्तरको मान्यता पाएको छ । पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो । 

    images

    ‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त रिसोर्टलाई पर्यटन ऐन अनुसार चारतारे स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ’ पर्यटन विभागले भनेको छ । २५ विघा क्षेत्रफलमा विस्तारित रिसोर्टमा २० डिलक्स, ६२ वटा सुपर डिलक्स, २ वटा स्विट रुम गरी ८४ वटा रुम रहेका छन् । 

    साथै साना ठूला गरी पाँचवटा कन्फ्रेरेन्स हल रहेको यस रिसोर्टमा रहेको पोखरीमा मोटरबोट सयर गर्न पाइन्छ । सोही पोखरीमा होटलको ‘फिस फार्म’ समेत रहेको छ । 

    त्यस क्षेत्रमा उच्च संख्यामा भारतीय पर्यटक भित्र्याउन सफल रिसोर्टले चारतारे स्तरको मान्यता पाएसँगै सो व्यापारमा अझ राम्रो गर्ने आशा गरिएको सिध्दार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।  

    रिसोर्टमा ज्याकुजी, स्पा लगायत सुविधा उपलब्ध छन् । हालसम्म ७५ जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सञ्चालन पश्चात झण्डै ३८० जनालाई रोजगारी मिल्ने प्रमुख कार्यकारी अधिकृत (सिईओ) न्यौपानेले बताए । 

    रिसोर्टले यसअघि ४४ औं विश्व पर्यटन दिवसको अवसरमा ग्रामीण क्षेत्रमा स्थानीय उत्पादन, स्थानीय रोजगारी एवं एग्रो टुरिजम मार्फत पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएवापत राष्ट्रिय सम्मान पाइसकेको छ । 

    त्यस्तै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यस रिसोर्टले ठूलो भूमिका निर्वाह गर्ने रिसोर्टका अध्यक्ष लक्ष्मण भण्डारीले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij