images

शनिवार, बैशाख १५ गते २०८१

सुपर ओभरमा मदन भण्डारी एकेडेमी विजयी

सुपर ओभरमा मदन भण्डारी एकेडेमी विजयी

images
images
images
आइतवार, चैत्र ११ २०८०
आइतवार, चैत्र ११ २०८०
  • सुपर ओभरमा मदन भण्डारी एकेडेमी विजयी

    भैरहवा, ११ चैत ।
    रुपन्देहीमा जारी छैठौं खड्गप्रसाद गौचन मेमोरियल अण्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडमीले जीत हासिल गरेको छ । जिल्लाको तिलोत्तमा नगरपालिकास्थित एक्साट्रेक ओभल क्रिकेट मैदानमा आइतबार भएको खेलमा मदन भण्डारीले सुपर ओभरमा वेष्टर्न क्रिकेट एकेडमीलाई पराजित गर्दै जीत हात पारेको हो ।

    images

    टस जितेर ब्याटिङ गरेको मदन भण्डारीले निर्धारित २५ ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनायो । उसका लागि संकेत भट्टराईले ४२, विजय प्रजापतिले २९ र विशाल भुसालले १८ रनको योगदान दिए । बलिङमा वेष्टर्नका उत्तम जयसवालले २ तथा शिव कुँवर र शुझाव थापाले समान १–१ विकेट लिए ।

    जवाफमा १ सय २९ रनको लक्ष्य पछ्याउने क्रममा वेष्टर्नले २ बल बाँकी छँदै सम्पूर्ण विकेट गुमाएर १ सय २८ रन बनायो र खेल सुपर ओभरमा गयो । वेष्टर्नका रौनक श्रीवास्तवले ४५, रिसव बेल्बासले २४ र शुझाव थापाले १४ रन बताए । बलिङतर्फ मदन भण्डारीका अर्जुन कारुस र संदीप ढकालले समान २–२ तथा बिशाल भुसालले १ विकेट लिए ।

    सुपर ओभरमा वेष्टर्नले पहिला ब्याटिङ गर्दै १ ओभरमा ६ रनको लक्ष्य खडा गर्यो । मदन भण्डारीले २ बलमै उक्त लक्ष्य भट्टायो र जीत निकाल्यो । खेलमा मदन भण्डारीका संकेत भट्टराई प्लेयर अफ द म्याच भए । पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर शक्ति प्रसाद गौचनले आफ्ना बुवाको स्मृतिमा प्रतियोगिता आयोजना गरेका हुन् ।

    चैत्र २० गतेसम्म चल्ने प्रतियोगितामा मुलुकका विभिन्न जिल्लाका ८ टीम सहभागी छन् । प्रतियोगितामा विजेता टीमले ५० हजार र उपविजेता टीमले नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडीलाई ५ हजार, बेस्ट ब्याटर र बलरलाई ३–३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक स्टार क्रिकेट एकेडेमीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij