२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रुपन्देहीमा अवैध लागूऔषधसहित तीनजना पक्राउ

आइतवार , चैत्र ११, २०८०

भैरहवा, ११ चैत ।
रुपन्देही प्रहरीले लागूऔषध ब्राउनसुगर खेरौ हिरोइन जस्ता देखिने धुलो पदार्थसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ बस्ने १९ वर्षिय अनरजित यादव, रोहिणी–३ बस्ने १९ वर्षिय आशिष धोवी र सिद्धार्थनगर नगरपालिका–१ बस्ने २९ वर्षिय सहदेव हरिजन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।

डीएसपी भट्टका अनुसार शुक्रबार रोहिणी–३ स्थित रामनगरमा लागूऔषध खैरो हिरोईनको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालयबाट संयुक्त प्रहरी टोली खटिएको थियो ।

उक्त प्रहरी टोली खटिएर निगरानी तथा चेकजाँच गर्ने क्रममा तीनजनालाई लागूऔषध ब्राउनसुगर खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको डीएसपी भट्टले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिहरुलाई आइतबार रुपन्देही जिल्ला अदालतमा पेश गरिएकोमा अदालतबाट ७ दिनको म्यादथप अनुमति भएको र आवश्यक अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ तौल गर्दा ७५ ग्राम ४१० मिलिग्राम, लु ४८ प ८८७ नम्बरको मोटरसाईकल १ थान, भिभो, ओप्पो र टेक्नो मोबाईल १/१ थान बरामद गरेको छ ।