२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

प्रहरीलाई अनुचित प्रभावमा पार्न खोज्ने भारतीय नागरिक पक्राउ

आइतवार , चैत्र ११, २०८०

भैरहवा, ११ चैत ।
प्रहरी टोलीलाई अनुचित प्रभावमा पार्न खोजी काम कारवाहीमा समेत अवरोध सिर्जना गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको जिल्ला महाराजगंज थाना सुनौली फरेना बस्ने ४५ वर्षिय सोनु मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले जानकारी दिए ।

डीएसपी भट्टका अनुसार आइतबार बिहान करिब ११ बजे सिद्धार्थनगर नगरपालिका–६ स्थित गल्लामण्डी पिपरहियामा भारतबाट लुकाईछिपाई ब्रोईलर कुखुराहरु नेपालतर्फ ल्याइरहेको भन्ने गोप्य सूचना अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो । 

उक्त प्रहरी टोलीले रोकेर सोधपुछ गर्न खोज्दा टोलीलाई अनुचित प्रभावमा पार्न खोजी काम कारवाहीमा समेत सिर्जना गरेको हुँदा सोनुलाई तत्काल पक्राउ गरी प्रहरी कार्यालयमा ल्याइएको डीएसपी भट्टले बताए ।

पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट अभद्र व्यवहार मुद्दामा म्याद थप भइ अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।