images

शनिवार, बैशाख २२ गते २०८१

तिलोत्तमामा हुने तीनदिने प्रथम दलित ज्ञान उत्सवको तयारी पूरा

तिलोत्तमामा हुने तीनदिने प्रथम दलित ज्ञान उत्सवको तयारी पूरा

images
images
images
आइतवार, चैत्र ११ २०८०
आइतवार, चैत्र ११ २०८०
  • तिलोत्तमामा हुने तीनदिने प्रथम दलित ज्ञान उत्सवको तयारी पूरा

    भैरहवा, ११ चैत ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चैत १४, १५ र १६ गते प्रथम दलित ज्ञान उत्सव हुने भएको छ । तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा तीनदिने ज्ञान उत्सव हुने भएको हो । आइतबार रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गर्दै आयोजकले सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् ।

    images
    images
    images

    पत्रकार सम्मेलनमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले बुद्धभूमि रुपन्देहीबाट विभेदकाविरुद्ध सन्देश दिने गरी प्रथम दलित ज्ञान उत्सव गर्न लागिएको जानकारी दिए । उनले दलित समुदायको ज्ञान, सीप र पेशा विभेदका कारण पछाडि पारिएको बताउँदै ज्ञान उत्सवले त्यसलाई चिर्ने बताए । उनले ज्ञान उत्सवमा विभिन्न विषयहरुमा छलफल हुने बताउँदै सामाजिक न्याय, समानता र विभेदविरुद्ध तिलोत्तमा नगरपालिकाले एउटा पहल गरेको बताए । 

    नगरप्रमुख खाणले तिलोत्तमा नगरपालिकाले भौतिकसँगै मानवीय विकासलाई अघि बढाउने नीतिअनुसार ज्ञान उत्सवमा सहकार्य गरिएको बताए ।  

    पत्रकार सम्मेलनमा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले दलितहरुको श्रम, सीप र ज्ञानलाई जोडेर ढलेको आत्मसम्मानलाई उठाउने बताए । उनले प्रथम ज्ञान उत्सवले विभेदरहित र समतामूलक देश बनाउने अभियानमा जोड्ने विश्वास गरे ।

    तीनदिने ज्ञान उत्सवले दलित ज्ञान उत्सवले नयाँ ईट्टा थप्ने तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरीले बताए । उनले यो उत्सवमा सहभागी हुनका लागि समेत आग्रह गरे ।   

    बुटवलस्थित होटल पौवामा हुने ज्ञान उत्सव हरेक दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन चल्नेछ । उत्सवमा दलित तथा सीमान्तकृत समुदायको सामाजिक न्यायको पक्षमा सहकार्य र हातेमालोका लागि हामी सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज, लेखक, अनुसन्धानदाता तथा पत्रकारहरुको उपस्थिति रहनेछ।

    ज्ञान उत्सवको मुख्य विषय ‘नेपालमा जातीय अर्थतन्त्र’ हुने भए पनि ज्ञानको जात शास्त्र, निजी क्षेत्रमा आरक्षण, दलित लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय, दलित राजनीतिक तथा सामाजिक आन्दोलन, कला–साहित्य र चलचित्र, दलित उद्यम र मिडियाको लोकतन्त्रलगायतका विविध विषयमा सम–सामायिक विमर्श हुने दलित रीडरका सल्लाहकार शुभाष नेपालीले जानकारी दिए ।  

    दलित रीडरका सदस्य निशा हरिजनले तीन दिनसम्म चल्ने ज्ञान उत्सवमा सातै प्रदेशबाट दलित अधिकारका क्षेत्रमा क्रियाशील दलित तथा गैरदलित वुद्धिजीवि, पत्रकार, अभियन्ता लगायत कलाकारहरुको सहभागीता रहने जानकारी दिइन् ।   

    त्यस्तै तिलोत्तमा नगरपालिकाका आर्थिक विकास समिति संयोजक गणेश पाठकले श्रमको सम्मान नगर्दासम्म देशको विकास नहुने भएकाले सम्पूर्ण श्रमिकहरुको सम्मानका लागि पनि यो ज्ञान उत्सव कोशेढुंगा हुने बताए ।
    तीन दिनसम्म चल्ने यो दलित ज्ञान उत्सवमा २० भन्दा बढी सेसन ८० भन्दा बढी वक्ताहरु तथा सांगीतिक प्रस्तुतिहरू हुने सल्लाहकार शिवहरी ज्ञवालीले बताए । 

    कार्यक्रममा गायक तथा निर्देशक यशकुमार, कलाकार दिया मास्के, संगीतकार तथा सांगीतिक समूह कुटुम्बका सदस्य किरण नेपाली, मानवशास्त्री डा. सुरेश ढकाल, नेपाली दलित आन्दोलनका अगुवा नेतृत्व पदम सुन्दास, रणेन्द्र बराली, उमादेवी वादी, छविलाल विश्वकर्मा, जीवन परियार, विनोद पहाडी लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहनेछ ।

    ज्ञान उत्सवको हरेक साँझ सांगीतिक प्रस्तुति रहनेछ । यो हरेक दिन बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने ज्ञान उत्सवका लागि प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएका छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij