images

बुधवार, बैशाख १९ गते २०८१

सुरु भयो होलीको रौनक

सुरु भयो होलीको रौनक

images
images
images
आइतवार, चैत्र ११ २०८०
आइतवार, चैत्र ११ २०८०
  • सुरु भयो होलीको रौनक

    काठमाडौं, १० चैत ।
    सद्भावको पर्व होली, देशको पहाडी भेगमा उल्लासपूर्ण मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार (भोली) मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रंग, पानी खेलेर खुसी साट्ने होली पर्वको विशेषता हो । 

    images
    images
    images

    काठमाडौं उपत्यकास्थित वसन्तपुरमा सामूहिक रूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् । फागु पूर्णिमामा एकाआपसमा रंग, अबिर दलेर रमाइलो मात्र गरिदैन नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् ।

    हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रंग दलिदिएछन् । रंग लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होली पर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होली पर्व मनाइने गरिएको मानिन्छ ।

    होली पर्वले समाजमा असमानता र विभेद मेटाउन साँस्कृतिक भूमिका खेलेको संस्कृतिविद्हरुको भनाइ छ । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij