images

शनिवार, बैशाख १५ गते २०८१

ओमसतियामा अध्यक्ष कप : वडा नम्बर ६ र ३ को विजयी सुरुवात

ओमसतियामा अध्यक्ष कप : वडा नम्बर ६ र ३ को विजयी सुरुवात

images
images
images
आइतवार, चैत्र ११ २०८०
आइतवार, चैत्र ११ २०८०
  • ओमसतियामा अध्यक्ष कप : वडा नम्बर ६ र ३ को विजयी सुरुवात

    भैरहवा, ११ चैत ।
    रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरस्थित श्री रामजानकी रंगशालामा शनिबारदेखि अध्यक्ष कप–२०८० (क्रिकेट प्रतियोगिता) सुरु भएको छ ।

    images

    उद्घाटन खेलमा वडा नम्बर ५ लाई वडा नम्बर ६ ले ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ्ग रोजेको वडा नम्बर ५ ले निर्धारित १५ ओभरमध्ये १३ दशमलव २ ओभर खेल्दै १० विकेटको क्षतिमा १२३ रन बनाएको थियो । उसका लागि बिरुले सर्वाधिक ३८ रन बनाउदा अर्का ब्याटर अजयले ३४ रन र सोनुले २० रन बनाए । बलिङ्गमा वडा नम्बर ६ का किशोर यादव र आशिषले समान ३/३ विकेट लिए । 

    १२४ रनको लक्ष्यसहित मैदान छिरेको वडा नम्बर ६ ले १२ दशमलव ५ ओभर खेल्दै ३ विकेटको क्षतिमा १२७ रन बनाएर विजयी भयो । उसका लागि सुरज गुप्ताले अविजित ५९ रन बनाए भने रविले २९ रन र डेविडले २८ रन बनाए । बलिङ्गमा वडा नम्बर ५ का अजयले २ विकेट र बिरुले १ विकेट लिए । अर्धशतक बनाएका वडा नम्बर ६ का खेलाडी सुरज गुप्ता खेलको म्यान अफ द म्याच घोषित भए । 

    शनिबार नै सम्पन्न दोस्रो खेलमा ओमसतिया ३ नम्बर वडा ६ विकटले विजयी भयो ।  टस हारेर ब्याटिङ्गको निम्तो पाएको वडा नम्बर १ ले १२ औ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै ९४ रन बनायो । वडा नम्बर १ का लागि मान बहादुरले सर्वाधिक ४५ रन बनाए पनि त्यो जीतका लागि प्रयाप्त हुन सकेन । उसका लागि लाल बहादुर र सुशान्तले समान ११÷११ रन तथा गोपालले १० रन बनाए । 

    बलिङ्गमा वडा नम्बर ३ का दिपेन्द्रले ३ ओभरमा ८ रन दिदै महत्वपूर्ण ४ विकेट लिए । यस्तै चन्दनले ३ र राजकुमारले १ विकेट लिए । 

    ९५ रनको लक्ष्य वडा नम्बर ३ ले ९ दशमलव ५ ओभर खेल्दै मात्र ४ विकेटको क्षतिमा भेट्टायो । उसका लागि मनिरामले ४८ रन बनाए । यस्तै शेषले २६ रन बनाउदा राजकुमारले १२ रन बनाए । 

    बलिङ्गमा वडा नम्बर १ का नारायण र मानबहादुरले समान २÷२ विकेट लिए । ४८ रन बनाएका वडा नम्बर ३ का ब्याटर मनिराम खेलको म्यान अफ द म्याच घोषित भए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij