२०८२, पौष १३ गते

Dec 28 2025 | २०८२, पौष १३ गते

चित्रगुप्त युवा सेवा समितिद्वारा होलीमिलन तथा शुभकामना आदानप्रदान

आइतवार , चैत्र ११, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, ११ चैत ।
    श्री चित्रगुप्त युवा सेवा समिति सिद्धार्थनगर, रुपन्देहीले चित्रान्स होलीमिलन, शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम गरेको छ । शनिबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित चित्रगुप्त मन्दिरमा उक्त कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष रत्नेश मल्लिकले बताए । यस्ता कार्यक्रमले आपसी भाइचारा र सम्बन्ध थप बलियो बन्ने मल्लिकले विश्वास व्यक्त गरे । ‘प्रत्येक वर्षझै यस वर्ष पनि चित्रान्स होली मिलन कार्यक्रमलाई निरन्तरता दिएका छौं, ’उनले भने ।

    नेपाल दूरसञ्चार संस्थान (नेपाल टेलिकम) लुम्बिनी प्रदेशका महानिर्देशक अनन्त मल्लिकको प्रमुख आतिथ्यता, सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर–६ का वडा सदस्य अनिल कुमार के.सी., श्री चित्रगुप्त युवा सेवा समिति सिद्धार्थनगरका कानूनी सल्लाहकार दिलिप कुमार मल्लिक लगायतले बोलेका थिए ।

    d9e717bb-bd8e-42db-a870-ec4d18cb1c1f.jpeg

    कार्यक्रम संयोजक तथा चित्रगुप्त युवा सेवा समितिका उपाध्यक्ष दीपक कुमार मल्लिकको स्वागत तथा विवेक मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    40028bf1-11e3-4e35-81bd-a6e8d15595eb.jpeg