images

शनिवार, बैशाख २२ गते २०८१

खड्गप्रसाद गौचन अण्डर–१९ क्रिकेट प्रतियोगिता सुरु, उद्घाटनमा बोस्टन विजयी

खड्गप्रसाद गौचन अण्डर–१९ क्रिकेट प्रतियोगिता सुरु, उद्घाटनमा बोस्टन विजयी

images
images
images
शनिवार, चैत्र १० २०८०
शनिवार, चैत्र १० २०८०
  • खड्गप्रसाद गौचन अण्डर–१९ क्रिकेट प्रतियोगिता सुरु, उद्घाटनमा बोस्टन विजयी

    भैरहवा, १० चैत ।

    images
    images
    images

    छैठौं संस्करणको खड्गप्रसाद गौचन मेमोरियल अण्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्साट्रेक ओभल क्रिकेट मैदानमा प्रतियोगिता सुरु भएको हो।  

    शनिबार सुरु प्रतियोगिताको उद्घाटन खेलमा  बोस्टन क्रिकेट क्लब, झापा विजयी भएको छ । उसले स्टार क्रिकेट एकेडमी, भैरहवालाई ३ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । 

    टस हारेर ब्याटिङको निम्तो पाएको स्टार क्रिकेट एकेडमीले निर्धारित २५ ओभरमा ८ विकेट गुमाएर १०४ रनको बनायो । उसका लागि निरज मौर्याले २८, प्रदीप सहानीले १०, प्रिन्स पालले ८ र  आसमान थारु र नन्दलाल चाईले समान ७ रन बनाए । वलिङतर्फ बोस्टनका दिवस खड्का र दिवान्स वास्तोलाले ३–३  र  दिपु भुजेल र  अरविन पौडेलले समान १–१ विकेट लिए । 

    १०४ रनको लक्ष्य पछ्याएको बोस्टनले ७ विकेटको क्षतिमा सजिलै जीत हात पार्यो । उसका लागि आशिष राना मगरले ४४, अरविन पौडेलले १५, गौरव निरौलाले ११, आयुश कार्की अलिस मण्डल र दिवस खड्काले समान ५–५ रनको योगदान गरे । 

    बलिङमा स्टारका प्रिन्स पालले ३ तथा निराजन भट्टराई, शुभम खनाल, शुभम पाण्डे र निरज मौर्यले समान १–१ विकेट लिए ।

    चैत्र २० गतेसम्म चल्ने प्रतियोगितामा मुलुकका विभिन्न ठाउँका ८ वटा टीम सहभागी छन् । 

    प्रतियोगितामा विजेता टीमले ५० हजार र उपविजेता टीमले नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडीलाई ५ हजार, बेस्ट ब्याटर र बलरलाई ३–३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक स्टार क्रिकेट एकेडेमीले जनाएको छ ।

    आफ्ना बुवाको स्मृतिमा पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएका छन् । प्रतियोगिताको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै नगरप्रमुख खाणले खाणले क्रिकेट खेलले नेपालको नाम संसार सामु चिनाएको बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij