२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

राप्रपा सिद्धार्थनगर–१३ वडा समिति पुनर्गठन, अध्यक्षमा दिपु

शनिवार , चैत्र १०, २०८०

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, १० चैत ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ इकाई समिति शुक्रबार पुनर्गठन गरिएको छ। 

    सिद्धार्थनगर–१३ मा युवा नेता मीन प्रताप राणाको अध्यक्षतामा १३ सदस्यीय वडा कार्यसमिति गठन गरिएको राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए । 

    rpp.jpeg

    मीन प्रताप राणाको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य स्वाती थापा, केन्द्रीय सुशासन समिति सदस्य शिवहरि शर्मा, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्मा, जिल्ला सदस्य युवराज तिमिल्सना, शंकर खत्री, सिद्धार्थनगर अध्यक्ष कृष्ण अर्याल, उपाध्यक्ष तारा गुरुङ, सचिव प्रकाश ढाडीलगायतको उपस्थिति रहेको थियो ।