images

बिहिवार, बैशाख २० गते २०८१

पर्यटनमन्त्रीद्वारा कोषका पदाधिकारी र बोर्डसँग छलफल, गुरुयोजना पूरा गर्न निर्देशन

पर्यटनमन्त्रीद्वारा कोषका पदाधिकारी र बोर्डसँग छलफल, गुरुयोजना पूरा गर्न निर्देशन

images
images
images
शनिवार, चैत्र १० २०८०
शनिवार, चैत्र १० २०८०
  • पर्यटनमन्त्रीद्वारा कोषका पदाधिकारी र बोर्डसँग छलफल, गुरुयोजना पूरा गर्न निर्देशन

    लुम्बिनी, १० चैत ।
    संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङले लुम्बिनी विकास कोषका बारेमा जानकारी लिएका छन् । मन्त्री नियुक्त भएपछि पहिलोपटक शुक्रबार गैरआवासीय र वाणिज्यदुतहरुको लुम्बिनी सम्मेलनका सन्दर्भमा लुम्बिनी भएका उनले शनिबार कोषका पछिल्ला गतिविधि र अवस्थाबारे जानकारी लिएका हुन ।

    images
    images
    images

    उक्त अवसरमा मन्त्री तामाङले लुम्बिनी गुरुयोजना कार्यान्वयन नभएकोमा सर्वत्र आलोचना भइरहेको बताउँदै यसलाई कार्यान्वयन गर्न निर्देशन दिए । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रलाई समेटेर सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले तयार पारेको गुरुयोजनाका बाँकी काम पूरा गर्ने गरी बजेट सुनिश्चिताका लागि आफूले पहल गर्ने बताए ।

    मन्त्री तामाङले गुरुयोजनाविपरीत संरचना बनेको, यूनेस्कोको असहमति रहेका जस्ता विषयहरु आइरहेकाले यसबारेमा आफ्नो ध्यानार्कषण भएको बताए । लुम्बिनी विकास क्षेत्रको विकासका लागि उपाध्यक्षसहितको टीमसँग मिलेर काम गर्न तयार रहेको उनले बताए । उनले टीमवर्कले मात्रै नतिजा निकाल्न सकिने भन्दै यसतर्फ ध्यान दिन समेत आग्रह गरे । उनले लुम्बिनी विश्वका एक अर्ब बौद्ध समुदायको आस्थाको केन्द्र भएकाले पर्यटनमैत्री व्यवहारका लागि आफू लागिपर्ने बताए ।

    बिफ्रिङमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले लुम्बिनीमा आफू आएपछि केही सुधारका कामहरु भइरहेको बताउँदै गुरुयोजनाका बाँकी काम पूरा गर्नका लागि पर्याप्त बजेटका लागि पहल गर्नुपर्ने बताए ।

    मन्त्रीसँगको छलफलमा सदस्य सचिव सानुराजा शाक्यले कोषका हालसम्मका गतिविधि र यसको कार्यक्षेत्र लगायतका बिषयमा जानकारी दिएका थिए । छलफलमा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, योजना प्रमुख स्मिता भट्ट, कार्यकारिणी सदस्य रामनरेश कोहार, श्याम रोक्का, विश्वराज पौडेल, योजना प्रमुख स्मिता भट्ट, परिषद सदस्य गोपिकृष्ण शर्मा लगायतको उपस्थिति रहेको थियो ।  

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij