२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

शाइन रेसुंगाले फेरि जित्यो ‘बेस्ट म्यानेज्ड बैंक’ अवार्ड

शनिवार , चैत्र १०, २०८०

  • 967
    Shares
  • 967
    Shares
  • बुटवल, १० चैत । 
    शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४ अवार्ड जितेको छ । न्यू बिजनेश एज प्रा.लि.ले काठमाडौंमा शुक्रबार गरेको न्यूबिज बिजनेस  कन्क्लेभ एण्ड अवार्ड –२०२४ अन्तर्गत विकास बैंकहरुमध्ये शाइन रेसुंगा उत्कृष्ट हुँदै अवार्ड जितेको हो । उक्त अवार्ड बैंककी रिसोर्स म्यानेजमेन्ट अफिसर नम्रता थापाले ग्रहण गरेकी हुन् ।

    यसअघि बैंकले सन् २०२२ मा पनि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो भने गत वर्ष अन्तर्राष्ट्रियस्तरको एसिया इमर्जिङ बैंकिङ अवार्ड जितेको थियो ।

    बैंकको कुशल व्यवस्थापन र ग्राहकको सन्तुष्टीले यो उपाधि जित्न सफल भएको बैंकका अध्यक्ष थानेश्वर पौडेलले बताए । ‘यो उपाधि जित्नुमा बैंकका कर्मचारीसहित सरोकारवाला सबैको रचनात्मक साथ छ, यसले बैंकलाई थप व्यवस्थित र उत्कृष्ट सेवा प्रवाह गर्न जिम्मेवारी र दायित्व थपिदिएको छ–पौडेलले भने ।

    शाइन रेसुंगा लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय भएको एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । बैंकको ८ अर्ब अधिकृत पुँजी र ४ अर्ब ७३ करोड चुक्ता पुँजी रहेको छ ।

    बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटीएम सञ्चालनमा छन् ।

    अन्य विधातर्फ बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी अवार्ड सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले, बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्ड एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले, बेष्ट फाइनान्स कम्पनी अवार्ड मञ्जुश्री फाइनान्स लिमिटेडले, बेष्ट कमर्शियल बैंक सर्भिसिङ मार्जिनालाइज्ड जियोग्राफिकल एरियाज अवार्ड कृषि विकास बैंकले जितेको छ ।

    त्यसै गरी बेष्ट कमर्शियल बैंक इन प्रिस्क्राइब्ड सेक्टर लेन्डिङ अवार्ड एनएमबी बैंकले, बेष्ट म्यानेज्ड कमर्शियल बैंक अवार्ड स्ट्यान्डर्ड चार्टर्ड बैंकले, प्रिमियर होटल अवार्ड सोल्टी होटलले र आउटस्ट्यान्डिङ हस्पिटल अवार्ड ह्याम्स र बेष्ट म्यानेज्ड कम्पनी अवार्ड नेशनल हेल्थकेयर प्रा.लि.ले पाएको छ ।