images

शनिवार, बैशाख २२ गते २०८१

रूपन्देही सुपर लिग : देवदह क्रिकेट क्लब विजयी

रूपन्देही सुपर लिग : देवदह क्रिकेट क्लब विजयी

images
images
images
शनिवार, चैत्र १० २०८०
शनिवार, चैत्र १० २०८०
  • रूपन्देही सुपर लिग : देवदह क्रिकेट क्लब विजयी

    भैरहवा, १० चैत ।
    भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एकदिवसीय क्रिकेट प्रतियोगितामा शनिबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा देवदह क्रिकेट क्लबले सानदार जीत निकालेको छ । उसले शंकरनगर क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै सहज जीत निकालेको हो ।

    images
    images
    images

    सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको शंकरनगर निर्धारित ५० ओभरको खेलमा २० ओभर २ बल खेल्दै सबै विकेट गुमाउँदै जम्मा ६० रनको झिनो योगफल बनायो । उसका लागि केशव पौडेलले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा टीम सस्तैमा रोकियो । उसलाई झिनो योगफलमा रोक्न देवदहका सुरज खड्काले ६ ओभर बलिङ गर्दै ३ मेर्डन राखेर २० रन खर्ची ६ विकेट हात पार्न सफल भए । यस्तै, ६.२ ओभर बलिङ गरेको अर्जुन रायमाझीले २१ रन खर्चेर ४ विकेट लिए ।

    जवाफमा शंकरनगरले १० ओभर १ बलमा १ विकेट गुमाउँदै ६१ रन बनाई सानदार जित निकाल्न सफल भयो । उसको जितमा सुमन पाण्डेले अर्धशतकीय पारी खेल्दै अविजित ५२ रन बनाए । बलिङमा शंकरनगरका रुपेश बस्यालले १ विकेट लिए । खेलमा देवदहका सुरज खड्का म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । 

    म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij