२०८३, श्रावण ३१ गते

Aug 16 2026 | २०८३, श्रावण ३१ गते

श्री राम जानकी मन्दिर सिद्धार्थनगर–७ को अध्यक्षमा कर्माचार्य

शनिवार , चैत्र १०, २०८०

  • 862
    Shares
  • 862
    Shares
  • भैरहवा, १० चैत ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ भैरहवागाउँस्थित श्री राम जानकी मन्दिरको प्रथम साधारणसभा तथा अधिवेशन शुक्रबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले भीमसेन कर्माचार्यको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    कार्यसमितिको उपाध्यक्षमा बिनोद विश्वकर्मा, सचिवमा अमृत प्रसाद कर्माचार्य र कोषाध्यक्षमा ठाकुर अधिकारी निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा राजन गुप्ता, मनोज ढाडी, शिव प्रसाद पासी, सुजाता क्षेत्री र रमजान खान निर्वाचित भएका छन् ।

    मन्दिर तदर्थ समितिका अध्यक्ष श्री भीमसेन कर्माचार्यको अध्यक्षता, समाजसेवी मातृका प्रसाद यादवको प्रमुख आतिथ्यता, सिद्धार्थनगर–७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरेको विशिष्ट आतिथ्यता, मन्दिर तदर्थ समितिका उपाध्यक्ष राम प्रसाद विश्वकर्माको स्वागत तथा सचिव वसन्त कुमार लाल कर्णको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।