images

सोमवार, बैशाख १७ गते २०८१

एभरेष्ट माविमा कक्षा १२ का विद्यार्थीलाई विदाई तथा शुभकामना

एभरेष्ट माविमा कक्षा १२ का विद्यार्थीलाई विदाई तथा शुभकामना

images
images
images
शुक्रवार, चैत्र ९ २०८०
शुक्रवार, चैत्र ९ २०८०
  • एभरेष्ट माविमा कक्षा १२ का विद्यार्थीलाई विदाई तथा शुभकामना

    बुटवल, ९ चैत । 
    बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीको विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ का विद्यार्थीले कक्षा १२ को परीक्षाका लागि तयारी अवस्थामा रहेका विद्यार्थीलाई विदाईसँगै परीक्षाको सफलताको शुभकामना गरेका हुन् । 

    images

    कक्षा ११ का विद्यार्थीले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय लुम्बिनीका प्रमुख रमाकान्त तिवारीले संस्कारयुक्त शिक्षा र जीवन उपयोगी शिक्षा अहिलेको आवश्यकता रहेको बताए । उनले विद्यार्थीहरुलाई आवश्यक पर्ने शिक्षण सिकाइमा कमी हुने गरेको उल्लेख गर्दै उनले काम लाग्ने र जीवन उपयोगी शिक्षा विद्यार्थीका लागि आवश्यक हुने बताए । 

    ठुलो शैक्षिक जनशक्ति अध्ययनको सिलसिलामा विदेशिने गरेको बताउँदै उनले अध्ययनकै लागि विदेशिने शैक्षिक जनशक्ति रोक्ने योजना र कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । उनले एभरेष्टले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै एभरेष्टको प्रशंसा गरे । 

    कक्षा ११ का विद्यार्थी डेभिट खनालको अध्यक्षतामा भएको कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, अभिभावक संघ रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका शाखा अधिकृत बाबुराम भण्डारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, विद्यालय संञलक समितिका अध्यक्ष गमप्रसाद रेश्मी, उपाध्यक्ष भिमबहादुर श्रेष्ठ, सह–प्राचार्य भिमसेन गौतम, विद्यार्थी स्नेहा गौतम लगायतले कक्षा १२ को परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई सफलताको शुभकामना दिएका थिए । 

    कार्यक्रममा विद्यार्थीलाई शुभकामना दिदै प्राचार्य कृष्ण न्यौपाने शैक्षिक गुणस्तर वृद्धिसँगै विद्यार्थीलाई आवश्यक पर्ने र संस्कारसहितको शिक्षाका लागि प्राथमिकता दिएको बताए ।

    शिक्षक माधव पौडेलको सञ्चालनमा भएको कार्यक्रममा आधुनिक गायक प्रमोद खरेलले आफ्नो प्रस्तुतीले शिक्षक विद्यार्थीलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रस्तुतीहरु प्रदर्शन गरेका थिए । आउने कक्षा १२ को परीक्षामा एभरेष्टबाट विज्ञान र ब्यवस्थापन संकायका ८ सय जना विद्यार्थीहरुले सहभागीता जनाउने भएका छन् । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij