images

सोमवार, बैशाख १७ गते २०८१

सकियो गैरआवासीय राजदूतहरुको लुम्बिनी सम्मेलन

सकियो गैरआवासीय राजदूतहरुको लुम्बिनी सम्मेलन

images
images
images
शुक्रवार, चैत्र ९ २०८०
शुक्रवार, चैत्र ९ २०८०
  • सकियो गैरआवासीय राजदूतहरुको लुम्बिनी सम्मेलन

    लुम्बिनी, ९ चैत ।
    भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई कुटनीतिक शक्तिका रुपमा ग्रहण गर्नुपर्ने सन्देश दिइएको छ । परराष्ट्र मन्त्रालय र अनरी कन्सुलर कर्प नेपालको दुईदिने सम्मेलनको अन्तिम दिन शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा विभिन्न देशका गैरआवासीय राजदूत र महावाणिज्य दुतहरुले बुद्धको शान्ति र अहिंसाको मार्गलाई कुटनीतिक शक्तिका रुपमा प्रयोग गर्दै शान्ति र समृद्धिको नेतृत्व गर्न सकिने सन्देश दिएका हुन् ।  

    images

    मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अहिलेको विश्वमा विभिन्न प्रकारको द्वन्हरु देखा परेकाले त्यसका लागि बुद्धभूमि नेपालबाट पहल गर्न सकिने बताए । उपप्रधानमन्त्री श्रेष्ठले बुद्वको शिक्षा वैज्ञानिक र व्यवहारिक रहेको बताउँदै लुम्बिनी सम्मेलनले विश्वमा शान्ति, करुणा र अहिंसाको सन्देश दिन सफल हुनुपर्ने बताए । 

    बुद्वले आफैलाई चिन्नुपर्छ भनेर दिएको शिक्षा आजको विश्वमा झन बढी अपरिहार्य बन्दै गएको उनले बताए । उनले बुद्व दर्शनमा सबैभन्दा महत्वपूर्ण पाटोका रूपमा ध्यान (मेडिटेशन) रहेकाले यसलाई विश्वव्यापी बनाउनुपर्ने बताए । उनले मन केन्द्रीत गरिने ध्यान बौद्व धर्ममा मात्रै सीमित नरहेको बताए । ’ तपाईं क्रश्चियन हुनुहोस, मुस्लिम वा हिन्दू, तर मेडिटेशन सबैले गर्दा मन शान्ति हुन्छ’ उनले भने । उपप्रधानमन्त्री श्रेष्ठले खुसी, शान्ति र सन्तुष्टिका साथ बाँच्नका लागि बुद्ध शिक्षा महत्वपूर्ण हुने बताए । बुद्धले जबसम्म परीक्षण गरेर सत्य स्थापित हुँदैन तबसम्म विश्वास नगर भनेर भनेको सन्दर्भ उल्लेख गर्दै बुद्ध जन्मस्थलबाट विश्वमा शान्ति र समृद्धिको सन्देश दिन पाउँदा निकै खुशी लागेको बताए ।

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङले बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर गरिएको लुम्बिनी सम्मेलनले विश्वमा बौद्ध शिक्षा र यसको सन्देश पुर्याउने विश्वास लिए । उनले लुम्बिनी गुरुयोजनाका बाँकी काम र बृहत्तर लुम्बिनीको विकासमा प्राथमिकताका साथ काम गर्ने बताए  ।

    त्यस्तै लुम्बिनीमा आएका विभिन्न देशका गैरआवासीय राजदूत र महावाणिज्यदूतहरुलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बौद्ध दर्शनले विश्वमा शान्ति र अहिंसा कायम गर्न महत्वपूर्ण योगदान गर्ने बताए । उनले विश्व शान्ति प्रवद्र्धनमा गर्ने र विश्वमा देखिएको द्धन्द्ध समाधान गरी सहिष्णुता कायम गर्ने बताए । उपाध्यक्ष डा. लामाले बुद्धका शिक्षाहरु विश्वभर फैलाउन सक्दा शान्ति, करुणा, सदभाव कायम गर्न सकिने भएकाले यसको सन्देश प्रचार गर्न आग्रह गरे ।

    IMG_6955.JPG

    बिहीबारदेखि सुरु भएको सम्मेलनमा विभिन्न १९ देशका गैरआवासीय राजदूत, विभिन्न देशका वाणिज्यदूतहरु र सरकारी अधिकारीहरु बुद्ध जन्मस्थल लुम्बिनीमै आएर बुद्ध, शान्ति र समृद्विका लागि एकताबद्ध भइ सन्देश दिएका हुन् ।

    बुद्धको पवित्र जन्मस्थलमा आएर सम्मेलनमार्फत विश्वभमा बढ्दै गएको द्धन्द्ध र अहिंसालाई त्याग्दै शान्तिबाटै समृद्धिको बाटोमा जान महत्वपूर्ण सन्देश दिन सकिएको आयोजक अनरी कन्सुलर कर्प नेपालका डिन विष्णु कुमार अग्रवालले बताए ।
    मायादेवीमा भएको कार्यक्रममा इण्डोनेसियाका राजदुत एनआर हेरु, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बोलेका थिए । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोषका पदाधिकारी, बोर्ड सदस्य, पर्यटन व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

    सम्मेलनमा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इण्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्याण्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी भएका हुन् ।  

    बिहीबार दिउँसो लुम्बिनी आएका उनीहरू बुटवलस्थित लुम्बिनी केवलकारको भ्रमण र शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनी आएर सम्मेलन सकाएका हुन् । नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुति गरिएको सम्मेलनका सह–संयोजक चन्द्र ढकालले बताए । 

    IMG_6932.JPG

    शुक्रबार लुम्बिनी पुगेका मन्त्री, गैरआवासीय राजदुत र वाणिज्य दूतहरुलाई लुम्बिनी विकास कोषले स्वागत गरेको थियो । त्यस्तै लुम्बिनीमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न देशका गैरआवासीय राजदूतहरुको उपस्थितिमा सीता अशोकको वृक्षारोपण समेत गरिएको छ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij