images

सोमवार, बैशाख १७ गते २०८१

नवनियुक्त पर्यटनमन्त्री तामाङलाई लुम्बिनी विकास कोषको कार्यालयमा स्वागत

नवनियुक्त पर्यटनमन्त्री तामाङलाई लुम्बिनी विकास कोषको कार्यालयमा स्वागत

images
images
images
शुक्रवार, चैत्र ९ २०८०
शुक्रवार, चैत्र ९ २०८०
  • नवनियुक्त पर्यटनमन्त्री तामाङलाई लुम्बिनी विकास कोषको कार्यालयमा स्वागत

    काठमाडौं, ९ चैत । 
    लुम्बिनी विकास कोषले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङलाई कोषको कार्यालयमा स्वागत गरेको छ । संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले स्वागत गरेका हुन् ।

    images

    परराष्ट्र मन्त्रालय र अन्तरकन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने सम्मेलनमा सहभागी हुन मन्त्री तामाङ लुम्बिनी आएका हुन् । 

    कार्यक्रममा विभिन्न देशका गैरआवासीय राजदूत, नेपालका लागि अवैतनिक वाणिज्यदूत, उच्च सरकारी अधिकारी, पर्यटन क्षेत्रका विज्ञ लुम्बिनी पुगेका छन् ।

    सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारकाल लामाले बिहीवार गरेका हुन् भने समापन नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तामाङले शुक्रबार गर्नेछन् । समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा शुक्रबारसम्म चल्नेछ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij