images

शनिवार, बैशाख २२ गते २०८१

रूपन्देही सुपर लिग : प्रोफेसनल मास्टर्स विजयी

रूपन्देही सुपर लिग : प्रोफेसनल मास्टर्स विजयी

images
images
images
शुक्रवार, चैत्र ९ २०८०
शुक्रवार, चैत्र ९ २०८०
  • रूपन्देही सुपर लिग : प्रोफेसनल मास्टर्स विजयी

    भैरहवा, ९ चैत ।
    ‘ड्रिम युनिक रुपन्देही सुपर लिग’ एकदिवसीय क्रिकेट प्रतियोगितामा शुक्रबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा प्रोफेसनल मास्टर्स–११ विजयी भएको छ । उसले स्टार क्रिकेट क्लबलाई २ रनले पराजित गर्दै रोमाञ्चक जीत निकालेको हो ।

    images
    images
    images

    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रोफेसनलले निर्धारित ५० ओभरमा ३७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ५७ रनको मध्यमस्तरको योगफल बनायो । उसका लागि मोहम्मद हुसेनले सर्वाधिक ७७ रन जोड्दा अमन कुमार यादवले २१, आदित्य त्रिपाठीले १६ र इमरान खानले १३ रन बनाए । बलिङमा स्टारका सुभम पाण्डेयले ४ तथा शुभम खनाल र पुरुषोत्तम भट्टराईले समान ३–३ विकेट लिए ।

    मध्यमस्तरको लक्ष्य पछ्याउँदै ब्याटिङमा आएको स्टार क्रिकेट क्लब ४६ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ५५ रनमा अलआउट भयो । अन्तिम विकेट सम्हालेर खेल्ने नसक्दा जीतको नजिक पुगेको स्टार २ रनले पराजित हुन पुग्यो । उसका लागि रिश्चल भुसालले अर्धशतकीय पारी खेल्दै अविजित ७९ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । 

    त्यस्तै इरफान खानले ३१ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा प्रोफेसनलका मिथलेश यादव र अजय त्रिपाठीले ३–३, मोहम्मद हुसेनले २ तथा अमनकुमार यादव र तुसार चौहानले समान १–१ विकेट लिए । प्रोफेसनलका मोहम्मद हुसेन प्लेयर अफ द म्याच भई १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रा.लि., बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । 

    त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij