images

सोमवार, बैशाख १७ गते २०८१

बेलहियामा मन्त्री पाण्डेले भने–पर्यटनकै माध्यमबाट देशलाई आर्थिक समृद्धितर्फ लैजान सक्छौं

बेलहियामा मन्त्री पाण्डेले भने–पर्यटनकै माध्यमबाट देशलाई आर्थिक समृद्धितर्फ लैजान सक्छौं

images
images
images
शुक्रवार, चैत्र ९ २०८०
शुक्रवार, चैत्र ९ २०८०
  • बेलहियामा मन्त्री पाण्डेले भने–पर्यटनकै माध्यमबाट देशलाई आर्थिक समृद्धितर्फ लैजान सक्छौं

    भैरहवा, ९ चैत । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले पर्यटनकै माध्यमबाट देशलाई आर्थिक समृद्धितर्फ लैजाने सकिने बताएका छन् । उनले नेपाल पर्यटनका लागि बनेको राष्ट्र भएको बताए ।

    images

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित बेलहियामा सार्वजनिक शौचालय तथा वाटर ए.टी.एम.को शुक्रबार शिलान्यास गर्दै मन्त्री पाण्डेयले उक्त कुरा बताएका हुन् । उनले भने, ‘अन्य राष्ट्र उद्योग–व्यवसायको माध्यमबाट आम्दानी बढाउने र आर्थिक रुपमा सम्पन्न भएका होलान् । तर, नेपाल पर्यटनका लागि बनेको मुलुक हो ।’ भारत र तेस्रो मुलुकहरुमा धेरै कुरा व्यवस्थित रहेको र नेपालका सीमा नाकालाई थप व्यवस्थित बनाउँदै लैजानुपर्ने उनले बताए ।

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेको मन्त्री पाण्डेयले सीमा नाका बेलहियामा निर्माण हुने शौचालय र वाटर ए.टी.एम.ले पर्यटकलाई सहजता प्रदान गर्ने र राम्रो सन्देश जाने विश्वास व्यक्त गरे । उनले बेलहियासँगै बढी भिडभाड हुने जिल्ला प्रशासन कार्यालय रुपन्देही र मालपोत कार्यालयमा वाटर ए.टी.एम. स्थापना हुने जानकारी दिए । विकास निरन्तर चल्ने प्रक्रिया रहेको र एकै दिनमा सबै कुरा गर्न सकिन्छ भनेर सोचे त्यो निरर्थक हुने मन्त्री पाण्डेयको भनाइ छ ।

    IMG_1558.JPG

    उनले भने, ‘विकास गर्दै र व्यवस्थित गर्दै अघि बढ्नुपर्छ । जति विद्वान र धनी भए पनि मतदाताको मत बिना राजनीति क्षेत्रमा स्थापित हुन सकिदैन । हामी यहाँसम्म पुग्नुमा यहाँहरुको लगानी छ । शेयर छ । ’

    बेलहियामा सडक निर्माण कार्यलाई फास्ट ट्रयाकमा बनाउन आवश्यक निर्देशन दिइएको उनले बताए । जनता आफूहरुसँग सहज पहुँचमा रहेको र जनताको समस्या समाधान गर्नुपर्छ भन्ने आफूहरुको मान्यता रहेको उनले बताए । समाजलाई व्यवस्थित र विकसित गर्न लागिपरेको मन्त्री पाण्डेयले बताए । उनले भने, ‘निश्चित रुपमा परिवर्तन देखिने गरी काम गर्छौं ।’

    प्रहरी, प्रशासन र सरकारी निकायले मात्र पर्यटकलाई सहजता प्रदान गर्न नसक्ने भएकाले अतिथि देव भव नारालाई व्यवहारमै कार्यान्वयन गर्न लाग्नुपर्ने उनको भनाइ छ ।

    IMG_1649.JPG

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बेलहिया धेरै पर्यटक भित्र्याउने नाका रहेको बताए । उनले सिद्धार्थनगरलाई फूलैफूलको शहर बनाउने बताए । उनले भने, ‘सिद्धार्थनगरलाई क्लीन, ग्रीन एण्ड इको–फ्रेण्डिली नगर बनाउँछौं । नगरप्रमुख खानले बेलहियामा सडक निर्माण कार्यले छिटो पूर्णता पाउने बताए । ’

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले सुविधासम्पन्न र अत्याधुनिक शौचालयको आवश्यकतालाई मध्यनजर गर्दै मन्त्री पाण्डेयको पहलमा निर्माण हुन लाग्दा खुसी लागेको बताए । उनले भने, ‘गृहमन्त्रीज्यूको पहलमा यसअघि पनि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत सिद्धार्थनगर–१ मा ११ वटा घर विपन्न वर्गका लागि निर्माण भएको थियो । वडा नम्बर १ का जनताकोतर्फबाट माननीयज्यूलाई धन्यवाद दिन चाहन्छौं । ’

    उनले सीमा नाकामा चेकजाँच प्रणालीलाई व्यवस्थित गर्दै एकद्वार प्रणाली अवलम्ब गर्नुपर्ने माग गरे । ‘चेकजाँचका नाममा स्थानीयबासीलाई हैरानी दिने काम बन्द गर्नुपर्छ । शंका लागेको अवस्थामा चेकजाँच गरौं । तर, ठाउँठाउँमा चेकपोष्ट हुँदा हैरानी भएको छ, ’उनले भने ।

    खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, रुपन्देहीका इञ्जिनियर सुनिल यादवले शौचालय तथा वाटर ए.टी.एम. निर्माणका लागि ४० लाख बजेट बिनियोजन भएको बताए । उनले मुख्य नाका बेलहियामा धेरै पर्यटकहरु आउने गरेको र यसले पर्यटकलाई सहज बनाउने बताए । उनले भने, ‘बाटोघाटो मात्र बनाएर हुँदैन । ठाउँठाउँमा सार्वजनिक शौचालयको आवश्यकता छ ।’ 

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–१३ का वडाअध्यक्ष सोम बहादुर गुरुङ, वडा सदस्य निलु श्रीस, समाजसेवी सुमन शर्मा, श्रीचन्द गुप्ता, पशुपति प्रसाद कान्दु, राम बहादुर बस्नेत, गोविन्द यादव लगायतले बोलेका थिए ।

    सिद्धार्थनगर नगरपालिका सार्वजनिक शौचालय तथा वाटर ए.टी.एम. निर्माण समिति सचिव आकृति पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    गृहमन्त्री पाण्डेयको स्वकीय सचिव जैनुद्दीन देवानका अनुसार सीमा नाकामा बेलहियामा निर्माण हुने अत्याधुनिक शौचालय लुम्बिनी प्रदेशमा रहेको सीमा नाकामा यो पहिलो हो । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij