images

सोमवार, बैशाख १७ गते २०८१

लुम्बिनी बुद्व जन्मस्थल मात्रै नभइ बौद्व दर्शनको उदगम भूमि : उपप्रधानमन्त्री श्रेष्ठ

लुम्बिनी बुद्व जन्मस्थल मात्रै नभइ बौद्व दर्शनको उदगम भूमि : उपप्रधानमन्त्री श्रेष्ठ

images
images
images
बिहिवार, चैत्र ८ २०८०
बिहिवार, चैत्र ८ २०८०
  • लुम्बिनी बुद्व जन्मस्थल मात्रै नभइ बौद्व दर्शनको उदगम भूमि : उपप्रधानमन्त्री श्रेष्ठ

    भैरहवा, ८ चैत ।  
    ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नाराका साथ लुम्बिनी सम्मेलन (कन्क्लेभ) बिहीबारदेखि सुरु भएको छ । सम्मेलन परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति र समृद्विलाई केन्द्रमा राखेर सम्मेलन लुम्बिनीमा सुरू भएको हो । 

    images

    सम्मेलनको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले लुम्बिनी बुद्व जन्मस्थल मात्रै नभइ बौद्व दर्शनको उदगम भूमि रहेको बताए । लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बुद्ध धर्मको मुहान पनि रहेको समेत उनले बताए ।

    उनले नेपाल जटिल भूराजनीतिक चुनौतीहरूको बीचमा रहेको बताउदै विश्वमा देखिएको द्वन्द्वलाई धुव्रिकृत गर्दै शान्तिमा रूपान्तरण गर्नुपर्ने बताए । विश्वमा देखा परेको द्वन्द्वले विश्वव्यापी आर्थिक संकट र असमानतालाई बढाइरहेको समेत उनले बताए । 

    शान्ति र समृद्धिको एजेण्डामा सम्मेलन गर्ने सबैभन्दा उत्तम ठाउँ लुम्बिनी रहेको उनले बताए । ‘शान्ति र समृद्विका लागि लुम्बिनीको विकल्प अरु हुन सक्दैन’ उपप्रधानमन्त्री श्रेष्ठले भने । 

    लुम्बिनीबाट शान्तिको उदगम थलोसँगै मानवता, सुख, कल्याण र मुक्तिको खोजमा आफ्नो जीवन समर्पण गर्ने बुद्व जन्माएको पवित्रस्थल रहेको बताए । उनले चार महिनाअघि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले लुम्बिनी भ्रमण गरेको स्मरण गर्दै भगवान बुद्धका शिक्षाहरू प्रतिबिम्बित गर्ने ठाउँका रूपमा व्याख्या गरे । 

    कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे), पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो ।

    सम्मेलन शुभारम्भमा लुम्बिनी म्यूजियम ईनेसियिटिभका संस्थापक तथा कार्यकारी निर्देशक सुम्मिना उदासले प्रस्तुती राख्दै बुद्व जन्मस्थल लुम्बिनी विश्वका शान्ति मार्गीहरूको आस्थाको केन्द्र भएको बताइन् । 

    सम्मेलनमा बुद्विजम आर्ट ईन नेपलिज आर्टका प्रोफेर डा नरेश शाक्य, पदम ज्योतीले बोल्दै लुम्बिनीमा गैरआवासीय राजदूतहरूलाई स्वागत गरे । 

    सम्मेलनमा विभिन्न देशका गैरआवासीय राजदूतहरु एकैपटक लुम्बिनीमा आएर बुद्व, शान्ति र समृद्विका विषयमा छलफलमा सहभागी भएका छन् ।

    सम्मेलनमा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इण्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन  रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी छन् । 

    बिहीबार दिउँसो बुद्ध एयरको जहाजमा भैरहवा आएका उनीहरू बुटवलस्थित लुम्बिनी केबलकारको भ्रमण गरेका थिए । सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुति गरिने जनाइएको छ ।

    शुक्रबार लुम्बिनी भ्रमण गर्ने कार्यसूची रहेको छ । त्यसपछि टाईगर रिसोर्टमा छलफल गरी सम्मेलन सकिनेछ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij