images

मंगलवार, बैशाख २५ गते २०८१

सिद्धार्थनगरमा तातो हावा लु प्रतिकार्य कार्यक्रम

सिद्धार्थनगरमा तातो हावा लु प्रतिकार्य कार्यक्रम

images
images
images
बिहिवार, चैत्र ८ २०८०
बिहिवार, चैत्र ८ २०८०
  • सिद्धार्थनगरमा तातो हावा लु प्रतिकार्य कार्यक्रम

    भैरहवा, ८ चैत ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका अन्तर्गतको तातो हावा लु प्रतिकार्य योजना निर्माण गर्न नगरपालिकाको अगुवाइमा अमेरिकन रेडक्रसको प्राविधिक तथा आर्थिक सहयोगमा सुरुवात गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    तातो हावा लु प्रतिकार्यका लागि आवश्यक तथ्यांक संकलन गर्ने कार्य रेडक्रस अभियानबाट सुरुवात भइसकेको र सिद्धार्थनगरको अगुवाइमा सो कार्यसम्पन्न गर्ने निर्णय बैठकले गरेको कार्यदलका सदस्य सचिव यादव प्रसाद सापकोटाले बताए ।

    कार्यदल संयोजक सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष एवं विपद् व्यवस्थापन समितिका संयोजक मुक्तिनाथ यादवको अध्यक्षतामा बसेको बैठकले कार्यदलको गतिविधिहरु अझ प्रभावकारी बनाउन गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द प्रसाद रेग्मी र सञ्चारकर्मी शंकर पाण्डेलाई मनोनित गर्ने निर्णय गरेको छ ।

    बैठकमा दामोदर शर्मा घिमिरे, चेतनशील लम्साल, गीतादेवी न्यौपाने, विष्णु पन्थी, गौरव ढकाल, तेज कुमार केसी लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij