२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

डा.शेखर कोइरालाले बुटवलका पेशाकर्मीसँग गरे सुझाव संकलन

बिहिवार , चैत्र ८, २०८०

  • 781
    Shares
  • 781
    Shares
  • बुटवल, ८ चैत ।
    नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले समाजमा फरकफरक पेसा आबद्ध भएको व्यक्तिहरूसँग सल्लाह–सुझाव लिन सुरु गरेका छन् । नेपाली कांग्रेसले अब लिने बाटो, निर्वाचनमा समानुपातिक प्रणाली, आर्थिक क्षेत्र  सुधारका आदिको विषयमा बुधबार बुटवलमा क्रियाशील विभिन्न क्षेत्रका अगुवासँग छलफल गरेका हुन् । 

    उनले रुपन्देहीको बुटवलमा झण्डै दुई घण्टा विद्यार्थी, चिकित्सक, इञ्जिनियर, अधिवक्ता, उद्योगी–व्यवसायीसँग सुझाव लिएका छन् ।  डा. कोइरालाले नेपाल चिकित्सक संघले आयोजना गरेको बुद्धिजीवीसँग कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाको छलफल कार्यक्रममा सबैका सुझावहरू सुनेर लिखित सुझाव पनि लिएका छन् ।

    उनले यी सुझावलाई पार्टी, संसद् र सरकारलाई कार्यान्वयन गर्न दबाब  दिने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेसका नेता डा. गोविन्द पोखरेल, कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनलाई साथ राखेर पेशाकर्मीहरूसँग सुझाव लिन बसेका कोइरालाले पार्टीले लिने नीति, सरकारका काम–कारवाही, निर्वाचन, पछिल्लो आर्थिक अवस्थाका विषयमा विद्यार्थी, चिकित्सक, इञ्जिनियर, अधिवक्ता, प्राध्यापक, शिक्षक, उद्योगी–व्यवसायीलगायतले बुँदागत रूपमा सुझाव लिएका हुन् । 

    नेपाल प्राध्यापक संघ पूर्व केन्द्रीय सभापति डा. बुद्ध बहादुर थापा, डा. कृष्ण खरेल, प्राध्यापक नुरजंग केसी, अधिवक्ता कृष्ण पोखरेल, पूर्व शिक्षक तिलकराम शर्मा लगायतले निःशुल्क शिक्षा र स्वास्थ्य नीति ल्याउनुपर्ने सुझाव दिएका थिए । 
    इञ्जिनियर मिलन थापा, शैलेन्द्र श्रेष्ठले प्राविधिकलाई प्रयोग गर्दे नेपालमा भएका खानीको सदुपयोग गर्ने नीति ल्याउनुपर्ने सुझाव दिएका थिए  ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठ, उद्योगी गणेशचन्द्र पोखरेल, नवराज श्रेष्ठ, चुन्नु प्रसाद पौडेल लगायतले बैंक, बिमामा लगानी गर्ने र उद्योगी एउटै हुँदा स्वार्थ बाझिएको बताएका थिए ।  

    त्यस्तै नेपाल किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रिता के.सी., नेपाली कांग्रेस क्षेत्रीय सदस्य  लक्ष्मी श्रेष्ठ, अधिकारकर्मी राधा अधिकारी लगायतले समानुपातिक निर्वाचनमा नेताको नजिक भन्दा क्षमता भएका जानुपर्ने बताए   थिए । दुईदिन रुपन्देहीमा नेपाली कांग्रेसका विभिन्न कार्यक्रममा सहभागी हुन आएका डा. कोइरालालाई बुटवलमा कांग्रेस प्रदेश सदस्य विष्णु पोखरेलले सुझाव संकलन गर्न व्यवस्थापन गरेका थिए । 

    उनीहरूले खुला अर्थ नीति भए पनि साना उद्योगी, व्यवसायी पनि बच्चे गरी भन्सार नीति र करमा ध्यान दिनुपर्ने माग गरेका थिए । उनीहरुले कांग्रेसले पर्यटन, कृषि क्षेत्रको लगानीकाबारे स्पष्ट नीति ल्याउनुपर्ने सुझाव दिएका थिए ।