images

सोमवार, बैशाख १७ गते २०८१

‘नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागीता आवश्यक’

‘नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागीता आवश्यक’

images
images
images
बिहिवार, चैत्र ८ २०८०
बिहिवार, चैत्र ८ २०८०
  • ‘नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागीता आवश्यक’

    भैरहवा, ८ चैत ।
    मुलुकको विकासका लागि महिलाहरु निर्णायक तहमा पुग्नैपर्ने र महिलाको अर्थपूर्ण सहभागीता आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । अन्तरपुस्ता महिलावादी मञ्चले देशव्यापी महिलावादी अनुपम अभियान अन्तर्गत बुधबार रुपन्देहीको भैरहवास्थित लुम्बिनी गेटमा आयोजना गरेको कार्यक्रममा महिलाहरुले महिलालाई निर्णायक तहमा पुर्याउने अभियान सफल बनाउनुपर्ने बताए । उनीहरुले पुरुषको अधिकार खोस्ने आफ्नो अभियान नभएको स्पष्ट पारे ।

    images

    कार्यक्रममा अन्तरपुस्ता महिलावादी मञ्चकी सदस्य तथा नमुना एकीकृत विकास परिषद् रुपन्देहीकी संस्थापक ज्ञानु पौड्यालले यो कुनै दातृ निकायको लगानीमा सञ्चालित अभियान नभएको बताइन् । उनले भनिन्, ‘यो स्वयंसेवी अभियान हो । स्वेच्छाले सहभागीता भएको हो । सामूहिक जागरण अभियान हो । शान्तिपूर्ण अभियान सुरुवात भएको हो । महिलाले घर राम्रोसँग चलाउन सक्छन् भने देश पनि चलाउन सक्छन् भन्ने सन्देश हो ।’

    उनले पुरुषको सहभागीता पनि आवश्यक रहेको बताइन् । कपिलवस्तुमा कार्यक्रम गर्दा मधेशी समुदायका महिलासँगै पुरुषको उत्साहजनक सहभागीता रहेको उनले बताइन् । महिलामाथि हुने सबैप्रकारका हिंसा, विभेदविरुद्ध आवाज उठाउँदै राजनीतिक तहमा अर्थपूर्ण सहभागीता लागि दबाब सिर्जना गर्न अभियान सञ्चालन गरिएको उनले बताइन् ।

    अन्तरपुस्ता महिलावादी मञ्चकी सह-संयोजक स्टेला तामाङले अनुपम बस यात्रा एउटा पवित्र यात्रा भएको बताइन् । उनले नेपालको महिला कमजोरी र समस्या नभइ समाधान र मुलुकको शक्ति भएको बताइन् । उनले भनिन्, ‘महिलाहरु अझै सही ठाउँमा पुगेकै छैनन् । महिलालाई ‘उप’ पदमा नै थन्काइएको छ । ’ भएकै पदमा महिलाहरु अझै सक्रिय भएर काम गर्नुपर्ने र २०८४ सालको निर्वाचनमा निर्णायक ठाउँमा पुग्नुपर्ने उनको भनाइ छ ।

    सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले दिदीबहिनीहरुको योगदान र आन्दोलनले आफू अहिले नगरपालिका उपप्रमुख पदमा पुग्न पाएको बताइन् । उनले प्रमुख–उपप्रमुखमध्ये एउटा महिला अनिवार्य हुनुपर्ने संविधानमा नै रहेकाले महिलाहरु पदमा पुगेको बताइन् । तर, निर्वाचनमा गठबन्धन हुँदा महिला पदमा पुग्नबाट पनि वञ्चित भएको बताइन् । महिलालाई अझै पनि समाजले दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गरेको बताइन् । अब चाहना व्यक्त नगरी अधिकार लिनुपर्ने उनले बताइन् ।

    नमुना एकीकृत विकास परिषद् रुपन्देहीकी अध्यक्ष सीता भट्टराईले ५१ प्रतिशत महिलाले स्थान लिनुपर्ने बताइन् । उनले भनिन्, ‘महिला निर्णायक तहमा पुग्न सक्छौं मात्र भनेर भएन । त्यसका लागि क्षमता अभिवृद्धि गर्दै निर्णायक तहमा पुगेर त्यो पदमा गरिमा बचाउनुपर्छ । यो अभियानलाई सफल बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्ने उनले बताइन् ।’

    IMG_1259.JPG

    महिला अधिकारका लागि क्रियाशिल अगुवा महिलाहरु यतिबेला देशव्यापी महिलावादी अनुपम अभियान (बस यात्रा) मा छन् । चैत ४ गते मेचीबाट एउटा र महाकालीबाट अर्को गरी दुई समूहमा रहेर देशव्यापी अभियानमा निस्केको उनीहरु बिहीबार (आज) नवलपुर पुुग्ने अभियानकी सदस्य ज्ञानु पौड्यालले बताइन् । अभियान अन्तर्गत (महाकाली) को नेतृत्व पौड्यालले गरेकी छन् । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij