images

सोमवार, बैशाख १७ गते २०८१

रुपन्देही सुनचाँदी व्यवसायी संघ र महासंघका पदाधिकारीबीच महाधिवेशन सन्दर्भमा छलफल

रुपन्देही सुनचाँदी व्यवसायी संघ र महासंघका पदाधिकारीबीच महाधिवेशन सन्दर्भमा छलफल

images
images
images
बिहिवार, चैत्र ८ २०८०
बिहिवार, चैत्र ८ २०८०
  • रुपन्देही सुनचाँदी व्यवसायी संघ र महासंघका पदाधिकारीबीच महाधिवेशन सन्दर्भमा छलफल

    रुपन्देही, ८ चैत ।
    रुपन्देही सुनचाँदी व्यवसायी संघ र नेपाल सुनचाँदी  व्यवसायी  महासंघका पदाधिकारीसँग भेटघाट तथा छलफल सम्पन्न भएको छ । ‘श्रम, सिप, विकास र अनुशासन’ नारा तय गरेर अघि बढेको महासंघको नयाँ नेतृत्व चयनका लागि आसन्न महाधिवेशनको सन्दर्भमा देशव्यापी रुपमा छलफल एवं अभियान चलाइरहेको टोली भेटघाटमा रुपन्देही आएको हो ।

    images

    रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष रामकिसन विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै  प्रमुख अतिथि महासंघका अध्यक्ष मणिकरत्न शाक्यले व्यवसायिक हितको नाममा गुणस्तरमा महासंघले कुनै पनि व्यवसायीसँग सम्झौता गर्न नसक्ने बताए ।

    आफ्नो कार्यकालमा काम गर्न चुनौती भए पनि नेपालको सुनचाँदी व्यवसायीको लागि सुनचाँदी व्यवसायी ऐनको निर्माण गरी आवश्यक कानून बनाउनका लागि अगाडि बढेको उनले बताए । उनले यस व्यवसायमा थुप्रै चुनौतीहरुको सामना र व्यवसायीको हकहितमा काम गर्नको लागि अब विपिन रामुदामको टीमलाई जिताउनुपर्ने धारणा राखे ।

    महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले व्यवसायी एकढिक्का भएर अगाडी बढे जस्तोसुकै समस्या हल गर्न सकिने बताए।

    महासंघका उपाध्यक्ष मोहनकाजी शाक्यले महासंघ सबै व्यवसायीको अभिभावक भएकाले सबै व्यवसायीको हितमा काम गर्नको लागि पनि बिपिन रामुदामको टीमलाई जिताउनुपर्ने बताए ।

    कार्यक्रममा अध्यक्षका उम्मेदवार बिपिन रामदामले  महासंघ पेशाकर्मीको साथी, संरक्षक र व्यवसायीकोको हितमा काम गर्नको लागि अध्यक्ष पदमा उठ्न लागेको र सबैको साथ र सहयोगको अपेक्षा गरे ।

    आसन्र चौथो महाधिवेशनका अध्यक्षका उम्मेदवार रामुदामुले  सुनमा सिफारिसको अन्त्य गर्दै कोटा प्रणालीको खारेज गरेर सुन व्यवसायीको पेशालाई मर्यादित र सम्मानित गराउन आफनो उम्मेदवारी रहेको बताए । वर्तमान अध्यक्षले अघि सार्नुभएको गोल्ड बैंक कार्यान्वनमा ल्याउने र यदि व्यवसायी कुनै दुर्घटनाको सिकार भए आर्थिक रूपमा सहयोग गर्ने पनि उनले प्रतिवद्धता जनाए । उनले व्यवसायीको पेशा वर्गीकरण गरेर हकहितको संरक्षण गर्ने बताए ।

    कार्यक्रममा सुनचाँदी विज्ञ परामर्श समितिका संयोजक प्रेम कुमार सेन्चुरीm केन्द्रिय उपाध्यक्ष जोगलाल विश्वकर्मा, सचिव केस बहादुर सुनार, केन्द्रिय सदस्य सबिन बज्राचार्य, दिपक वि.क., लुम्बिनी उपाध्यक्ष हरि वि.क., नवलपुर सदस्य रत्नमाया वि.क., तेज प्रसाद सुनारलगायतले बोलेका थिए ।

    संघका वरिष्ठ उपाध्यक्ष यसरत्न बज्राचार्यको स्वागत तथा सदस्य रेवन्त विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
    कार्यक्रममा हालै सम्पन्न निर्वाचनबाट निर्वाचित लुम्बिनी प्रदेश उपाध्यक्ष हरि विश्वकर्मा, बागमती प्रदेश उपाध्यक्ष यम ल्यागुन, गण्डकी प्रदेशका सह–कोषाध्यक्ष शान्त गहतराज र बागमती प्रदेश सदस्य दिनेश खातीलाई सम्मान गरिएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij