images

सोमवार, बैशाख १७ गते २०८१

रुपन्देही सुपर लिग : स्टार १४६ रनले विजयी

रुपन्देही सुपर लिग : स्टार १४६ रनले विजयी

images
images
images
बुधवार, चैत्र ७ २०८०
बुधवार, चैत्र ७ २०८०
  • रुपन्देही सुपर लिग : स्टार १४६ रनले विजयी

    भैरहवा, ७ जेठ ।
    स्टार क्रिकेट क्लबले भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग’ एकदिवसीय क्रिकेट प्रतियोगितामा बुधबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा बुटवल युथमाथि सहज जीत निकालेको छ । स्टारले बुटवलाई १ सय ४६ रनले हराउँदै जीत निकालेको हो ।

    images

    सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको स्टारले निर्धारित ५० ओभरमा ३०.१ ओभर खेल्दै सबै विकेटको नोक्सानीमा २ सय ४३ रनको उच्च योगफल बनायो । उसका लागि आरिफ खानले ८८ रनको अर्धशतकीय पारी खेल्दा इरफान खानले ४०, अंकित बीएमले २४, सुभम खनालले अविजित ११ र रञ्जित मौर्यले १० रनको योगदान दिए । बलिङमा बुटवल युथका विनित अधिकारीले ३, अजय चौधरी र अनिल चौधरीले समान २–२ तथा प्रविण ढकालले १ विकेट हात पारे ।

    २ सय ४४ रनको उच्च लक्ष्य पछ्याएको बुटवल युथ ३८.२ ओभरमा अलआउट हुँदै ९७ रन मात्रै बनाउन सक्यो । उसलाई सस्तैमा रोक्न बलिङमा स्टारका सुभम खनालले ४, निरज मौर्य र सुभम पाण्डेले २–२ तथा आरिफ खाँन र पुरुषोत्तम भट्टराईले १–१ विकेट लिन सफल भए । बुटवलका राजिव परियारले १९, अजय चौधरीले १७, सोनु मल्लाहले १४, विनित अधिकारीले ११ र अभिषेक पटवाले १० रन बनाए । स्टारका आरिफ खाँन म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

    यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij