images

सोमवार, बैशाख १७ गते २०८१

खेलकुदको स्तर चरणवद्ध रूपमा खस्किएको हो– खेलकुदमन्त्री श्रेष्ठ

खेलकुदको स्तर चरणवद्ध रूपमा खस्किएको हो– खेलकुदमन्त्री श्रेष्ठ

images
images
images
बुधवार, चैत्र ७ २०८०
बुधवार, चैत्र ७ २०८०
  • खेलकुदको स्तर चरणवद्ध रूपमा खस्किएको हो– खेलकुदमन्त्री श्रेष्ठ

    काठमाण्डाै, ७ चैत । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुदको स्तर चरणवद्ध रूपमा खस्किएको  बताएका छन् ।

    images

    नेपाल खेलकुद पत्रकार मञ्ज (एनएसजेएफ) को आयोजनामा मंगलवार भएको अन्र्तक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले खेलकुद भित्रको राजनीतिले गर्दा यसतर्फ वितृष्णा भइरहेको उल्लेख गर्दै यो अवस्थामा आइपुग्नुमा चरणवद्ध गल्ती रहेको धारणा राखेका हुन् । मंगलवार मञ्चले मन्त्री श्रेष्ठसँग परिचयात्मक र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले नवनियुक्त खेलकुदमन्त्री श्रेष्ठलाई स्वागत गरेका थिए । सो अवसरमा मन्त्री श्रेष्ठले नेपालको खेलकुद विकासका लागि बजेट अपर्याप्त रहेको दुखेसो गरे । उनले नेपालीको खेलकुदमा आउने बजेट धेरै न्युन र अपर्याप्त रहेको बताए । चाहे जस्तो खेलकुद विकास गर्न यो बजेट पर्याप्त नहुने उनको भनाई छ । तर दत्तचित्त भएर काम गर्न सके यो बजेट पनि पर्याप्त हुने मन्त्री श्रेष्ठको विश्वास छ ।

    उनले मन्त्रालयलाई अधिकारबाट सीमित गरिएको पनि बताए । खेलकुद मन्त्रालयले जिम्मेवारी लिनुपर्ने धेरै भएपनि अधिकारको सवालमा भने मन्त्रालयलाई सिमित घेरामा राखिएको उनको भनाइ छ । मन्त्री श्रेष्ठले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले मन्त्रालयलाई धेरै जिम्मेवारी दिएपनि त्यसको अभ्यास हुन नसकेको बताए । उनले खेलकुद विकास ऐन २०७७ को प्रयोग सही रुपमा गर्दै अब प्रयोगमा नआएका ऐनको प्रयोग गर्दे खेलकुद विकासमा लाग्ने बताए ।

    सुसंस्कृत अभ्यास गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवसँग सहकार्य गर्नुको विकल्प नरहेको उनको बुझाइ छ । मन्त्री परिषद्बाटै अधिकार सम्पन्न भएर आएका सदस्यसचिव द्वन्द्वको अवस्था आए खेल क्षेत्र धराशयी हुनसक्ने मन्त्री श्रेष्ठले बताए । देशभित्र राष्ट्रिय एकतामा कमि आइरहेको अवस्थामा त्यसमा काम गर्न खेलकुद क्षेत्र आफ्नो रोजाइमा परेकोमन्त्री श्रेष्ठले प्रष्ट्याए । खेलकुदले सारा नेपालीलाई एक ठाउँमा ल्याउने गरेको आफूलाई महशुस भएको बताए । नेपालका खेल संघहरू हराइरहेको आभास आफूलाई भइरहेको बताउँदै उनले संघहरूले आफूलाई नयाँ ढंगले अगाडि बढाउनसके मात्र खेलकुदको विकास सम्भव हुने बताए । आइओसीको चार्टरभित्र रहे पनि नेपाल ओलम्पिक कमिटी नेपालको कानूनभित्र पनि रहेर काम गर्नुपर्ने मन्त्री श्रेष्ठकाे भनाई थियो । 

    मन्त्री श्रेष्ठले सरोकार निकाय राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी (एनओसी) र खेलकुद संघबीच ’त्रिकोणात्मक संघर्ष’ संघर्ष रहेकाले खेलकदको विकास राम्रोसँग हुन नसकेको औंल्याए । खेलको वर्गीकरण नेपाली खेलकुदको आवश्यकता बनेको मन्त्री श्रेष्ठको विश्वास छ । उनले समग्रमा सबै पक्षमाझ सहकार्यको संस्कारको विकास गर्द सवै तहले आफ्नो भुमिका अनुसार काम गर्ने वातावरण बताउने बताए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij