images

आइतवार, बैशाख १६ गते २०८१

रुपन्देहीमा ६ फरार कसुरदार पक्राउ

रुपन्देहीमा ६ फरार कसुरदार पक्राउ

images
images
images
मंगलवार, चैत्र ६ २०८०
मंगलवार, चैत्र ६ २०८०
  • रुपन्देहीमा ६ फरार कसुरदार पक्राउ

    भैरहवा, ६ चैत ।
    रुपन्देहीमा विभिन्न मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसलाले कैद तथा जरिवाना तोकिएर हालसम्म फरार रहेका ६ जना कसुरदारलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

    images

    ईलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय बुटवल, प्रहरी चौकी मैनिहवा र प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।

    पक्राउ परेका व्यक्तिहरुलाई मंगलबार जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरिएको डीएसपी भट्टले जानकारी दिए ।

    को हुन् पक्राउ परेका ६ जना ?

    रुपन्देही प्रहरीका अनुसार २०६८ चैत २५ गतेको फैसलाले सवारीज्यान मुद्दामा १० दिन कैद र रु. २ सय जरिवाना भएका रुपन्देहीको बुटवल उप–महानगरपालिका–४ बस्ने राम प्रसाद नेपाली पक्राउ परेका छन् ।

    त्यस्तै २०७१ सालको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष ५ महिना ७ दिन कैद फैसला भएका बुटवल उप–महानगरपालिका–७ बस्ने बिष्णु गुरुङ, २०७८ असोज १८ गतेको फैसलाले अपहरण.बन्धक मुद्दामा रु. २ हजार जरिवाना भएका रोहिणी गाउँपालिका–२ बस्ने अफाक खान र २०७४ पुस १९ गतेको फैसलाले सवारीज्यान मुद्दामा रु.२ हजार जरिवाना भएका रोहिणी–२ बस्ने आजाद खाँलाई प्रहरीले पक्राउ गरेको छ । 

    त्यसै गरी २०७५ असार १ को फैसलाले जबरजस्तीकरणी मुद्दामा १ वर्ष कैद र रु. १० हजार जरिवाना भएका रुपन्देही सिद्धार्थनगर नगरपालिका–११ बस्ने राम मिलन यादव र २०७८ असार १ को फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा रु.२५ हजार ५ सय जरिवाना भएका जिल्ला सिद्धार्थनगर–११ बस्ने विरेन्द्र यादव रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij