images

सोमवार, बैशाख १७ गते २०८१

नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान

नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान

images
images
images
मंगलवार, चैत्र ६ २०८०
मंगलवार, चैत्र ६ २०८०
  • नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान

    भैरहवा, ६ चैत ।
    नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ११ औं नवराज–दिलिप स्मृति दिवसको अवसरमा हेभि इक्युपमेन्ट डिभिजन बुटवलको व्यवस्थापन तथा रक्त सञ्चार केन्द्र बुटवलको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

    images

    कार्यक्रम नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेमप्रसाद खनालको अध्यक्षता, कर्मचारी संगठनका केन्द्रीय सचिव विष्णु कुमारी अधिकारीको प्रमुख आतिथ्यता, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय सचिवला सदस्य काशीराम आचार्य र दिपक शर्मा पौडेल रुपन्देही ईन्चार्ज नारायण प्रसाद भण्डारी हेभि इक्युपमेन्ट डिभिजन प्रमुख टेकराज बोहरा लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    थुप्रै संगठनका शुभचिन्तक र नवराज दिलिपका आफन्तहरु समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा संगठन रुपन्देही अध्यक्ष खनालले रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने बताए । उनले अस्पतालहरुमा देखिएको रगतको अभावलाई केही हदसम्म भएपनि कम गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । अध्यक्ष खनालले आफ्नो अमूल्य रगत दान गर्ने रक्तदाता लगायत अन्य सहयोगीहरुलाई धन्यवाद दिदै उनले आगामी दिनमा पनि संगठनले यस्तै रचनात्मक काम गर्ने प्रतिवद्धता जनाए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले संगठनले सञ्चालन गर्ने यस्ता कार्यक्रमले जनतासँग ट्रेड युनियन भन्ने नाराले सार्थकता पाएकोले संगठन यस्ता कार्यक्रम निरन्तर गरिरहन संगठन रुपन्देहीलाई सुझाव दिइन् । केन्द्रिय सदस्य एवं रुपन्देही इञ्चार्ज नारायण प्रसाद भण्डारीले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गर्नुपर्नेमा जोड दिए । उनले एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यक्रमको आयोजना गर्ने संगठनप्रति विशेष आभार प्रकट गरे ।

    कार्यक्रममा ४० युनिट रगत संकलन भएको थियो । कार्यक्रम संयोजक एवं संगठन रुपदन्देहीका सदस्य गुणाखर पाण्डेको स्वागत तथा सचिव जीन पौडेलको सञ्चालनमा कार्यक्रम भएको हो । संगठन रुपन्देहीले नियमित विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij