images

सोमवार, बैशाख १७ गते २०८१

लुम्बिनीभित्रका गुम्बामा व्यवसायिक गतिविधि नगर्न कोषको पत्र

लुम्बिनीभित्रका गुम्बामा व्यवसायिक गतिविधि नगर्न कोषको पत्र

images
images
images
मंगलवार, चैत्र ६ २०८०
मंगलवार, चैत्र ६ २०८०
  • लुम्बिनीभित्रका गुम्बामा व्यवसायिक गतिविधि नगर्न कोषको पत्र

    भैरहवा, ६ चैत । लुम्बिनी विकास कोषले यहाँ रहेका गुम्बा तथा विहारमा व्यवसायिक गतिविधि नगर्न÷नगराउन पत्राचार गरेको छ । लुम्बिनीभित्र रहेका विहार/गुम्बाहरुमा बौद्ध आध्यामिकता र बौद्ध भावनाको विकास गर्नुपर्नेमा उक्त मर्मविपरीत होटल सरहको कोठाहरु तयारी गरी व्यापारिक प्रयोजनले पर्यटक राखिएको भन्दै लुम्बिनी होटल संघ, नेपालले गत फागुन २९ गते मंगलबार कोषलाई ज्ञापनपत्र बुझाएको थियो ।

    images

    संघका अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीका अनुसार लुम्बिनी गुरुयोजना क्षेत्रका बिहार तथा गुम्बाहरुमा व्यवसायिक रुपमा पर्यटक राख्ने व्यवस्था अविलम्ब स्थायी रुपमा रोक लगाउन माग गर्दै कोषलाई ज्ञापनपत्र बुझाएको थियो । संघले ७ दिनभित्र स्थायी रुपमा समाधान गर्न ठोस कार्य अगाडि बढाउन ज्ञापनपत्रमार्फत आग्रह गरेको थियो ।

    दशकौंदेखि उठ्दै उठाउँदै आएको यो समस्याले अहिले अप्रिय स्थितिको सिर्जना गरेको र स्थानीय व्यवसायीको धैर्यताको सीमा समाप्त भएको तथा अब यस भन्दा अघि पर्खन सक्ने अवस्था नरहेको भन्दै संघले चेतावनी समेत दिएको थियो ।

    संघको ज्ञापनपत्रलाई सम्बोधन गर्दै कोषले लुम्बिनीभित्र रहेका विहारहरुलाई विहार क्षेत्र विनियमावली २०५८ अनुसार नियमित रुपमा त्यहाँ रहने विदेशी नागरिकको विवरण र नयाँ आउने विदेशी नागरिकको विवरण कोषमा बुझाउनुसमेत आग्रह गरेको छ । 
    साथै विहार क्षेत्र भगवान बुद्धको शिक्षा र उपदेशहरुको पूर्ण रुपमा पालना गर्नुपर्ने स्थान रहेको हुँदा बौद्ध धार्मिक, आध्यात्मिक एवं शान्ति क्षेत्रको रुपमा स्थापित गर्न  अनुरोध गर्दे व्यवसायिक प्रयोजनले कुनै पनि कार्य नगर्न/नगराउन अनुरोध गरेको छ । ‘त्यस्ता व्यवसायिक गतिविधि गरिएको पाइएमा नियमानुसार कारवाही हुने व्यहोरा यसै पत्रद्वारा जानकारी गराउँदछ, ’कोषका सदस्य सचिव सानुराजा शाक्यद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

    विहार क्षेत्र विनियमावली २०५८ मा रहेको प्रावधान अनुसार सम्बन्धित विहारमा आउने कुनै नयाँ विदेशी नागरिक बस्न आउने भएमा आउने मिति र फर्कने मिति समेत उल्लेख गरी कोषमा जानकारी गराउन पत्रमा उल्लेख छ । 

    लुम्बिनी विकास कोष विहार क्षेत्र, विनियमावली २०५८ को विनियम ७ र १० मा धार्मिक गतिविधि, पूजा, प्रार्थना गर्नको लागि ५ जना भिक्षु/भिक्षुणी र उनीहरुको सहयोगीको रुपमा थप ५ जना गरी जम्मा १० जना विदेशी नागरिक बस्न सक्ने व्यवस्था छ ।

    लुम्बिनी गुरुयोजना क्षेत्रलाई बौद्ध धार्मिक, आध्यामिक एवं शान्ति केन्द्रको रुपमा विकास गर्ने अभिप्रायले लुम्बिनी गुरुयोजना क्षेत्रभित्रको विहार क्षेत्रलाई सानो बौद्ध संसारको रुपमा परिकल्पना गरी यहाँ विभिन्न राष्ट्र र बौद्ध सम्प्रदायलाई विहार निर्माणका लागि चाक्लाहरु उपलब्ध गराइए बमोजिम हाल बौद्ध विहार/गुम्बा, ध्यान केन्द्रहरु निर्माण भइ सञ्चालनमा रहेको कोषले जनाएको छ ।

    उक्त पत्र कोषबाट लुम्बिनी होटल संघलाई बोधार्थ प्राप्त भएको संघका कानूनी सल्लाहकार अधिवक्ता प्रख्यात बन्जाडेले बताए ।

    Patra.jpeg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij