images

सोमवार, बैशाख १७ गते २०८१

बुधबार बुटवलमा एक्सपर्ट एजुकेशन कन्क्लेभ हुँदै

बुधबार बुटवलमा एक्सपर्ट एजुकेशन कन्क्लेभ हुँदै

images
images
images
सोमवार, चैत्र ५ २०८०
सोमवार, चैत्र ५ २०८०
  • बुधबार बुटवलमा एक्सपर्ट एजुकेशन कन्क्लेभ हुँदै

    बुटवल, ५ चैत ।
    विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजनामा बुधबार बुटवलमा एक्सपर्ट एजुकेशन कन्क्लेभ हुने भएको छ । खास गरी अष्टे«लिया, क्यानडा, अमेरिका, बेलायत लगायतका विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने युवा विद्यार्थीहरुलाई शैक्षिक, आर्थिक लगायतका परामर्श प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 

    images

    यसअघि क्यानडा र अमेरिकाका विश्वविद्यालय तथा कलेजका प्रतिनिधि ल्याएर एक्सपर्ट फेयर सम्पन्न गरिसकेको जानकारी गराउँदै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज बुटवलका प्रबन्ध निर्देशक रोशन कंडेलले कन्क्लेभको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । प्रबन्ध निर्देशक कंडेलका अनुसार कन्क्लेभमा सहभागी हुने युवा विद्यार्थीहरुका लागि विभिन्न उपहारहरुको समेत व्यवस्था गरिएकोले कन्क्लेभको फाइदा उठाउन सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुमा एक्सपर्ट बुटवल शाखाले सञ्चार माध्यममार्फत आह्वान गरेको छ । 

    पछिल्लो समय विद्यार्थीहरुको रोजाइ अष्ट्रेलिया, क्यानडा, युकेसँगै न्यूजील्याण्ड, यु.एस.ए र आयरल्याण्डतर्फ पनि बढ्दै गइरहेको बताउँदै प्रबन्ध निर्देशक कंडेलले यसपटक आयरल्याण्डका कलेज तथा विश्वविद्यालयबाट आउने प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा परामर्श गर्न सकिने पनि जानकारी दिए ।

    कंडेलले भने, ‘हामीले शैक्षिक, आर्थिक र अन्य भौतिक बिषयमा प्रष्टसँग जानकारी गराउँछौं । यसपटक कार्यक्रममा अष्ट्रेलिया, युके, न्यूजील्याण्डको अध्ययन बारेमा बुझाउनुका साथै विद्यार्थी तथा अभिभावकहरुले आयरल्याण्डको शिक्षाको बारेमा पनि बुझ्न पाउनुहुनेछ, त्यसैले यो मौकाको फाइदा उठाउन सबैमा आह्वान गर्दछु ।’ 

    कंडेलका अनुसार कन्क्लेभमा उत्साहजनक सहभागी हुनेले विभिन्न उपहारहरु समेत पाउने भएका छन् । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् ।

    एक्सपर्टले मुख्य गरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत सञ्चालन गर्दै आइरहेको छ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij