२०८२, कार्तिक १६ गते

Nov 02 2025 | २०८२, कार्तिक १६ गते

लालपूर्जाको राजस्व घटाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सोमवार , चैत्र ५, २०८०

  • 964
    Shares
  • 964
    Shares
  • रुपन्देही, ५ चैत । 
    रुपन्देहीको कञ्चन गाउँपालिकामा क्रियाशिल राजनीतिक दलहरुको तर्फबाट राष्ट्रिय भूमि आयोग जिल्ला समिति रुपन्देही र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

    सो अवसरमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्री, कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।

    यसअघि कञ्चन गाउँपालिकाका राजनीतिक दलहरुको आइतबार सम्पन्न बैठकले अव्यवस्थित जग्गाको प्रमाणपूर्जा लिन तोकिएको राजस्व धेरै भएकोले तत्काल घटाउन प्रधानमन्त्रीसहित सम्बन्धि निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

    कञ्चनका राजनीतिक दलहरुको सर्वदलीय तथा सर्वपक्षीय बैठकले राष्ट्रिय भूमि आयोग रुपन्देहीले गत फागुन २४ गते तोकेको सार्वजनिक सूचना अनुसार कञ्चन ५ को अव्यवस्थित बसोबासीको निम्ति तोकिएको राजस्व कोही अव्यवस्थित बसोबासीले बुझाएर पूर्जा लिन नसक्ने भन्दै न्यून राजस्वको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

    साविक रुद्रपुर गाविसका अध्यक्ष लक्ष्मीकान्त पौडेलको अध्यक्षतामा बसेको बैठकले राजस्व घटाउन आवश्यक परे सडक संघर्षका कार्यक्रम समेत गर्ने निर्णय गर्दै जिल्लाका विभिन्न राजनीतिक दलका नेताहरु, प्रतिनिधि सभाका सांसद्, मन्त्री लगायत राष्ट्रिय भूमि आयोग काठमाण्डौं, मन्त्री तथा प्रधानमन्त्री कार्यालयमा डेलिगेसन जाने, ध्यानाकर्षण गर्ने तथा दबाब दिने निर्णय गरेको हो ।