२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

लुम्बिनी प्रादेशिक अस्पताल र सुर्खेत अस्पतालबीच सेवा सुधारबारे छलफल

सोमवार , चैत्र ५, २०८०

  • 958
    Shares
  • 958
    Shares
  • बुटवल, ५ चैत ।

    रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र सुर्खेत प्रादेशिक अस्पतालबीच सोमबार अनुभव आदानप्रदान तथा स्वास्थ्य सेवा सुधारबारे छलफल भएको छ । लुम्बिनी अस्पतालले स्वास्थ्य उपचार सेवामा गरेको प्रगति तथा यहाँको व्यवस्थापनबारे अवलोकन गर्न आएको सुर्खेत अस्पतालको टोलीलाई अस्पतालमा स्वागत गरिएको थियो । 

    लुम्बिनी प्रादेशिक अस्पताल अवलोकनमा आएका प्रतिनिधिहरुलाई स्वागत गर्दै मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. सुदर्शन थापाले हालसम्म गरेका क्रियाकलाप तथा आगामी योजनाबारे जानकारी गराएका थिए । अस्पतालमा कुनै पनि सेवाग्राहीको गुनासो नआउने गरी सेवा प्रवाह गर्न गरिएका प्रयासबारे उनले जानकारी गराए । सही व्यवस्थापन र योजना कार्यान्वयनले नै न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा नेपालमै प्रथम हुन सफल भएको उनले बताए । त्यसै गरी अस्पतालको स्तरोन्नति र नयाँ बन्ने १२ तल्लाको नयाँ भवन र थपिने स्वास्थ्य सेवाबारे मेसु डा. थापाले जानकारी गराएका थिए ।   

    सुर्खेत अस्पताल विकास समितिका अध्यक्ष, निर्देशक डम्बर खड्का तथा नर्सिङ प्रमुख सकुन्तला गौलीसहितको टोलीलाई लुम्बिनी अस्पतालका मेसु डा. थापासहित नर्सिङ प्रमुख ज्योती पौडेल तथा प्रशासकीय अधिकृत राजन केसी लगायतले स्वागत गरेका थिए । भेटघाट कार्यक्रममा दुवै अस्पतालमा विभिन्न विभागीय कक्ष र स्वास्थ्य उपचारका बारेमा अनुभव आदानप्रदान गरिएको थियो ।