images

सोमवार, बैशाख १७ गते २०८१

‘गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि स्थानीय सरकारले पहल गर्नुपर्छ’

‘गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि स्थानीय सरकारले पहल गर्नुपर्छ’

images
images
images
आइतवार, चैत्र ४ २०८०
आइतवार, चैत्र ४ २०८०
  • ‘गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि स्थानीय सरकारले पहल गर्नुपर्छ’

    भैरहवा, ४ चैत ।
    व्यवसायीहरुले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने माग गरेका छन् । उनीहरुले विमानस्थल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरे ।

    images

    सिद्धार्थ सञ्जाल, रुपन्देहीले भैरहवामा आयोजना गरेको स्वागत, परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले यस्तो बताएका हुन् ।

    सिद्धार्थ सञ्जालका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले भने, ‘विमानस्थल सञ्चालनका लागि सिद्धार्थनगर नगरपालिकाले पहल गर्नुपर्छ । अपनत्व लिनुपर्छ ।’ विमानस्थल सञ्चालनका लागि आफूहरुले निरन्तर आवाज उठाउँदै आएको उनले बताए ।उनले पर्यटनको विकासका लागि रात्रीकालिन बजार सञ्चालन गर्नुपर्ने आवश्यक रहेकोमा जोड दिए । भैरहवास्थित हाटबजारमा निर्माण भएको भवन अलपत्र अवस्थामा परेकाले उक्त भवन सञ्चालनमा ध्यान दिन उनले आग्रह गरे । 

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले नगरपालिकाको एकल प्रयासले मात्र नहुने बताए । उनले भने, ‘यहाँहरुको सहकार्यमा बेथिति, अनियमितता हटाउन सक्छौं र नगरको विकास गर्न सक्छौं ।’

    राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका प्रमुख उपअनुसन्धान निर्देशक हरिश बहादुर विष्टले एकीकृत चेकजाँच प्रणालीका लागि आवश्यक काम अघि बढ्ने बताए । 

    जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले चेकिङलाई अनावश्यक हैरानीको रुपमा लिन नहुने बताए । उनले प्रहरीको उपस्थितिसँगै प्रविधि पनि अनिवार्य रहेको बताए । उनले समग्र जिल्लालाई सुरक्षित र सभ्य बनाउन लागिपरेको बताए ।

    कार्यक्रममा सिद्धार्थ सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, सल्लाहकार खिम बहादुर खत्री, सह–कोषाध्यक्ष मधु प्रसाद पन्थी लगायतले बोल्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउँदा पर्यटन क्षेत्रको विकासमा बाधा पुगेको बताए ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका प्रमुख उपअनुसन्धान निर्देशक हरिश बहादुर विष्ट र जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरलाई स्वागत गरिएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij