images

शनिवार, बैशाख १५ गते २०८१

राजेन्द्र महतोको प्रश्न : अहिले पनि सिडिओको शासन छ, यो कुन संघीयता हो ?

राजेन्द्र महतोको प्रश्न : अहिले पनि सिडिओको शासन छ, यो कुन संघीयता हो ?

images
images
images
आइतवार, चैत्र ४ २०८०
आइतवार, चैत्र ४ २०८०
  • राजेन्द्र महतोको प्रश्न : अहिले पनि सिडिओको शासन छ, यो कुन संघीयता हो ?

    भैरहवा, ४ चैत ।
    पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले अहिले पनि सिडिओको शासन रहेको र यो कुन संघीयता हो भन्दै प्रश्न गरेका छन् । उनले सिडिओको शासन केन्द्रीय सरकारकै शासन भएको जिकिर गरे ।

    images

    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) परित्याग गरेर ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ सञ्चालन गरेका नेता महतोले रुपन्देहीको भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । 

    उनले भने, ‘पहिचान, सीमांकन, आफ्नो प्रहरी, कर्मचारी, अधिकार, पहिचान र स्वायत्तता छैन । खाली नाम मात्रको संघीयता छ । अहिले पनि केन्द्रीत शासन नेपालमा देखिरहेका छौं । सिडिओको ज्यादती चलिरहेको छ । पुलिस–प्रशासनको ज्यादती चलिरहेको छ । एक किलो चिनो ल्यायो भने सीमामा पुलिसले अत्याचार गरिरहेको हुन्छ । त्यो अत्याचार केन्द्रीय सरकारको अत्याचार हो । ’ जनताले एक किलो चिनो र एक बोरा मल ल्याउँदा जनतालाई प्रहरी प्रशासनले सीमा क्षेत्रमा परेशान गरिरहेको उनले बताए ।

    उनले प्रदेश (प्रान्तीय) सरकारमा मुख्यमन्त्रीको शासन भए पनि अहिले शासन सिडिओको भएको बताए ।  उनले भने, ‘यो संघीयता मागेका थियौं र ? यस्तो संघीयता दिएर संघीयताप्रति वितृष्णा पैदा गर्ने र संघीयतालाई असफल गर्ने षडयन्त्र भइरहेको छ ।’ आम जनताले केही नपाउन् र नपाएपछि संघीयता नै बेकार होस् भन्ने षडयन्त्रमा लागेर संघीयतालाई असफल बनाउने खेल भइरहेको उनको भनाइ छ । एकल जातीय सोच बोकेका शासकहरु संघीयता असफल बनाउने खेलमा लागेको उनले आरोप लगाए । संघीयता कांग्रेस–कम्युनिष्टको एजेण्डा नभएको महतोले जिकिर गरे । 

    उनले तलदेखि माथिसम्म लुटतन्त्रबाहेक केही नरहेको बताए । ‘माथि त काण्डैकाण्ड छ नी । ललिता निवास काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, सुनकाण्ड, यी काण्डमा ठूला पार्टीका ठूला नेताहरु संलग्न छन् । कांग्रेस, एमाले र माओवादी जसले जनताको ९० प्रतिशत मत लिएर देश र जनताको रक्षा गर्नुपर्नेमा उही भक्षक बनेर काम गरिरहेका छन्, ’उनले भने ।

    लोकतान्त्रिक गणतान्त्रिक अवस्थामा पनि जनताले पीडा भोग्नुपरेको नेता महतोले बताए । उनले लोकतन्त्र गणतन्त्र अवस्थाको जनताले अनुभुति गर्न नपाएको बताए । लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दा पनि झुटतन्त्रको खेती भइरहेको महतोले बताए ।
    ‘लोकतन्त्रको उज्यालो गरीबको घरमा पुग्यो कि पुगेन ? दलित, मधेशी, थारु, आदिवासी जनजातिको घरमा पुग्यो कि पुगेन ? उसको संस्कृति, भेषभुषाको रक्षा भयो कि भएन ? उनले प्रश्न गरे ।

    IMG_0956.JPG

    आयातित विचारको आधारमा नेपालमा शासन चलिरहेको भन्दै स्वदेशवाद आवश्यक रहेको उनले बताए । आफ्नै देशको जनतालाई गोली हानेर संविधान घोषणा गरिएको नेता महतोले बताए । मुलुकमा अब बहुलराष्ट्रिय राज्य स्थापना हुनुपर्ने र त्यसको लागि राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक रहेको उनले जिकिर गरे ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij