images

सोमवार, बैशाख १७ गते २०८१

वनवाटिकामा १० करोड लागतमा बाबुराम स्मृति पार्क

वनवाटिकामा १० करोड लागतमा बाबुराम स्मृति पार्क

images
images
images
शनिवार, चैत्र ३ २०८०
शनिवार, चैत्र ३ २०८०
  • वनवाटिकामा १० करोड लागतमा बाबुराम स्मृति पार्क

    बुटवल, ३ चैत । 
    शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा यसका परिकल्पनाकार एवं संस्थापक अध्यक्ष बाबुराम अर्यालको स्मृतिमा १० करोड लागतमा वातावरणमैत्री पार्क (उद्यान) बन्ने भएको छ । २० वर्ष अघिसम्म कांडे झाडी र खुला शौच गर्ने स्थान रहेको वन क्षेत्रलाई अर्यालकै परिकल्पनामा पर्यटकीय स्थल बनाउन सुरु गरिएको थियो । 

    images

    २०६२ सालमा उद्घाटन भएपछि अर्यालको नेतृत्वमा अथक मिहिनेत र लगावको कारण अहिले वनवाटिका रुपन्देहीको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एउटा आकर्षक थलो भएको छ । उनै अर्यालले वनवाटिका बनाउन गरेको योगदानको कदर र उनको सम्झना चीर स्थायी बनाउन भ्यू टावर नजिकै २ विघा जग्गामा स्मृति पार्क बनाउन शनिबार शिलान्यास गरिएको छ ।

    लुम्बिनी प्रदेश सभा सदस्य भगवती घिमिरेले पार्कको शिलान्यास गरेकी हुन् । सो अवसरमा बोल्दै सांसद् घिमिरेले वनवाटिका बनाउन र यो अवस्थासम्म ल्याउन स्वर्गीय अर्यालको अनुकरणीय योगदान रहेको बताइन् । 

    केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले बाह्य वजेट प्राप्त भए छिटै नभए आन्तरिक बजेटबाट ५ वर्षभित्र पार्कभित्रका सबै संरचना पूरा गर्ने लक्ष्य रहेको बताए । ‘स्मृति पार्कले एकातिर संस्थापक अध्यक्ष अर्यालको सम्झना र योगदान भावी पुस्तासम्म रहिरहनेछ भने पर्यटकलाई पनि आकर्षण थप्नेछ’–अध्यक्ष शर्माले भने–‘पार्कलाई वातावरणमैत्री र आकर्षक बनाउने गरी डिपिआर बनेको छ ।’ 

    कार्यक्रममा अर्यालका समकालीन व्यक्तित्वहरु मदनलाल पौड्याल, देवीप्रसाद पाण्डे, केन्द्रका सल्लाहकार मोहन चापागाई, नेकपा एमालेका नेता राम गिरी, केन्द्रका अध्यक्ष बेलप्रसाद शर्मा, उपाध्यक्ष खिमलाल पाण्डे, सचिव फर्सुराम भण्डारी, स्वर्गीय अर्यालकी बहिनी शारदा अर्याल, केन्द्रका अनुगमन समिति सदस्य टेकबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका प्रतिनिधि लगायतले अर्यालको परिकल्पना र मेहनतका कारण वनवाटिकामा अहिले वार्षिक लाखौं पर्यटक आउने थलो बनेको र स्थानीय विकासमा ठूलो योगदान पुगेको धारणा राखे । 

    स्मृति पार्कमा आर्क ब्रिज (आधुनिक डिजाइनको पुल), भुलभुलैया बंगैचा, सेल्फी जोन, बच्चाका लागि डुंगा चलाउन मिल्ने पोखरी र माछापालन पोखरी समेत बनाउने गरी डिपीआर बनेको छ । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij