images

शनिवार, बैशाख १५ गते २०८१

समानुपातिक बजेट वितरण हुनुपर्छ : सांसद् घिमिरे

समानुपातिक बजेट वितरण हुनुपर्छ : सांसद् घिमिरे

images
images
images
शुक्रवार, चैत्र २ २०८०
शुक्रवार, चैत्र २ २०८०
  • समानुपातिक बजेट वितरण हुनुपर्छ : सांसद् घिमिरे

    काठमाडौं, २ चैत  । 
    प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले बजेटको समानुपातिक वितरण हुनुपर्ने बताएका छन् । संसदमा विनियोजन विधेयक, २०८१ का सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद् घिमिरेले मन्त्री र पहुँचवाला नेताका निर्वाचन क्षेत्रमा मात्र बजेट केन्द्रीत गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

    images

    कार्यान्वयन हुने बजेट ल्याइनुपर्ने बताउँदै सांसद् घिमिरेले चालू आर्थिक वर्षमा करोडौं लागत लाग्ने योजनाको लागि २÷४ लाख बजेट विनियोजन भएको उल्लेख गरे । गत वर्ष संसदमा जति सघन छलफल भए पनि सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट जस्ताको त्यसतै पारित भएको बताउँदै उनले नवनियुक्त अर्थमन्त्रीले यो विषयलाई गम्भीरताका साथ लिएर संसदमा उठेको विषयलाई बजेटमा सम्बोधन गर्ने विश्वास व्यक्त गरे । 

    फागुन १४ गते संसदमा पेश गरिएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा यथार्थपरक आर्थिक परिवेशको  चित्रण नगरिएको बताउँदै सांसद् घिमिरेले यथार्थ आर्थिक अवस्थासहित मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने स्पष्ट भिजनसहितको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता ल्याउन यसको पुनर्लेखनको माग गरे ।

    सरकार पुनःगर्ठनसँगै केही आशा पलाएको र केही उत्साह थपिएको उल्लेख गर्दै उनले यो आशा र उत्साह अनुसार पुर्नगठित सरकारले नयाँ ढंगबाट कार्य सम्पादन गरी विकास समृद्धि, समन्याय र सुशासनमा नयाँ गति प्रदान गर्नुपर्ने बताए ।

    कृषिप्रधान मुलुकमा विनियोजन विधेयकको प्रमुख सिद्धान्त र प्राथमिकता कृषि क्षेत्रको विकास हुनुपर्ने बताउँदै उनले चालु आर्थिक वर्षको बजेटमै उल्लेख गरिएका धेरै कुराहरु अहिलेसम्म कार्यान्वयनमा नआएको बताए । ‘६ महिनाभित्र वनजंगलका ढलापडा काठको उचित व्यवस्थापन गर्ने विषय कहाँ पुग्यो, मलखाद उत्पादन गर्ने कारखाना निर्माण गर्ने योजना के हुँदैछ ?

    अव्यवस्थित बसोबासी तथा भूमिहिन नागरिकहरुको समस्या समाधान किन भएन ? यस्ता तमाम विषय छन्, जुन की बजेटमा उल्लेख हुन्छन्, तर कार्यान्वयनमा आउँदैनन् । मेरो आग्रह छ–जे गर्न सकिन्छ त्यहीँ बोलौं, त्यसैलाई प्राथमिकतामा राखौं ।” उनले भने ।  विनियोजन विधेयक २०८१÷०८२ को सिद्धान्त र प्राथमिकतामा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन देखिएका अड्चनहरु हटाइने उल्लेख गरिएकोमा यसको पूर्ण कार्यान्वयन हुनुपर्ने बताए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij