images

शनिवार, बैशाख १५ गते २०८१

सरकारले अर्थतन्त्रको वस्तुगत धरातलमा आधारित भएर बजेट ल्याउनुपर्छ : उपसभापति डा. वाग्ले

सरकारले अर्थतन्त्रको वस्तुगत धरातलमा आधारित भएर बजेट ल्याउनुपर्छ : उपसभापति डा. वाग्ले

images
images
images
बिहिवार, चैत्र १ २०८०
बिहिवार, चैत्र १ २०८०
  • सरकारले अर्थतन्त्रको वस्तुगत धरातलमा आधारित भएर बजेट ल्याउनुपर्छ : उपसभापति डा. वाग्ले

    काठमाण्डाै, १ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन् ।

    images

    बिहीवार प्रतिनिधि सभा बैंठकको बजेटका प्राथामिकता र सिद्धान्तमाथि छलफलमा भाग लिँदै उपसभापति वाग्लले यस्तो सुझाव दिएका हुन् । उनले पछिल्लो समय मुलुकको सार्वजनिक वित्तमा संकट देखिएको भन्दै त्यो विषयमा सरकार गम्भिर हुन आवश्यक रहेको बताए । डा. वाग्लले चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय अवस्था दयनिय रहेको बताए । उनले चालु आर्थिक वर्षको ८ महिना ८ खर्ब खर्च रहेको भन्दै चालु खर्च ५ खर्ब ८२ अर्ब, पुँजीगत खर्च ८१ अर्ब  र वित्तीय व्यवस्थापन १ खर्ब ३८ अर्ब रहेको बताए । उनले राजश्व संकलन ६ खर्ब ३९ अर्ब रुपैयाँ रहेको भन्दै लक्ष्य पूरा गर्न नसक्ने अवस्थामा रहेको बताए ।

    उनले निःवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महत ८ महिनामा बजेट कार्यान्वयन गर्न नसक्ने असफल अर्थमन्त्रीका रुपमा प्रश्तुत भएको दाबी गरे । उनले गत वर्ष आफूले अर्थमन्त्रीलाई भनेका कुराहरु सत्य सावित भएको बताए । उनले सरकारको सार्वजनिक वित्तको अवस्था खराब भएकाले सुधारको लागि गम्भिर हुन आवश्यक रहेको बताए । उनले आगमी बजेटमा सरकारले विकासलाई स्पष्ट प्राथमिकता निर्धारण गर्नुपर्ने धारणा राखे । उनले बजेटको सिद्धान्त र प्राथमिकता प्राथमिकता छरिएको र विकासको स्पष्ट सोच नभएको टिप्पणी गरे ।

    उनले दिगो विकासका लक्ष्यसहित मुलुक निर्माणको स्पष्ट गन्तव्य तर्जुमा हुनुपर्ने बताए । उनले औद्योगिकीकरण र हरित अर्थतन्त्रमा ध्यान दिँदै अर्थतन्त्रमा सुधारका लागि आँट र अठोट सरकारसँग हुनुपर्ने बताए । उनले बजेटको सिद्धान्त र प्राथमिकतालाई पुनःलेखन नगर्दा पनि हुने भन्दै नीति तथा कार्यक्रम र बजेट वास्तविक धरातलका आधारमा ल्याउन सुझाव दिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij