
मंगलवार , फाल्गुण ४, २०७७
बुटवल, ४ फागुन ।
बुटवल फर्निचर उद्योग संघमा आवद्ध रहेका व्यवसायीहरुलाई लक्षित गरी बुटवलमा एक महिने काष्ठ कार्बिङ तालिम सुरु भएको छ । कार्यक्रमको एक समारोहकाबीच घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत लक्ष्मण लम्सालले काठमा बुट्टा काटेर उद्घाटन गर्दै आत्मनिर्भर उद्योग बनाउन तालिम उपलब्धिमुलक हुने आशा व्यक्त गरे ।
सिप, जागर र लगानीको सदुपयोग गरौ, आत्मनिर्भर बनौ भन्ने मुल नारासहित स्थापना भएको संघले आफना व्यवसायीहरुको दक्षता वृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम गरेको संघका अध्यक्ष सुरेन्द्र ज्ञवालीले बताए । तालिममा २० जना सहभागि रहेका छन । सहभागीलाई घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा औजार समेत उपलब्ध गराइने उनले बताए । संघको हलमा हप्ताको एक दिन सैद्धान्तिक तथा अन्य दिन त्रिशक्ति फर्निचर उद्योग, पाण्डेय फर्निचर उद्योग, बुद्ध लुम्बिनी फर्निचर उद्योग, शुभ नारायणी फर्निचर उद्योग, बालकृष्ण फर्निचर उद्योग, भोलेबाबा फर्निचर उद्योग, बुटवल फर्निचर उद्योग प्रा.लि. र नमस्ते फर्निचर उद्योग गरी आठ वटा उद्योगमा ब्यवहारिक तालिम दिइने गोबिन्द प्रसाद पाण्डेले बताए ।
कार्यक्रममा अतिथि कृष्ण प्रसाद पराजुली, संघका पूर्व अध्यक्ष विष्णु कुमार श्रेष्ठ, माधाव प्रसाद पौड्याल, नरेश कुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष विष्णु प्रसाद पाण्डे, सल्लाहकार बोनिन पिया, सावित्रा टण्डन, महासचिव अशोक कुवर लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij