२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

देशका समस्याहरुको समाधान गर्नु सबै दलहरुको साझा दायित्व हो : ठाकुर गैरे

बिहिवार , चैत्र १, २०८०

नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले देशमा देखिएका समस्याहरुको समाधान गर्नु सबै राजनीतिक दलहरुको साझा दायित्व भएको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद गैरेले देशमा अविकास, बेरोजगारी, तस्करी, कमिसनतन्त्र र भ्रष्टाचारको समस्या रहेको भन्दै सबै समस्याहरु साझा समस्या भएका बताए । उनले ति समस्याहरुको समाधान गर्नु संसदमा भएका सबै राजनीतिक दलहरुको साझा दायित्व भएको बताए ।

समस्या समाधानका लागि सरकारको विशेष पहलकदमी, भुमिका र नेतृत्व भने आवश्यक पर्ने भन्दै उनले सरकार त्यस दिशामा अघि बढ्नुपर्ने बताए । उनले सत्तापक्ष हुँदा कुनै समस्याहरुमा चासो नदेखाउने तर प्रतिपक्ष हुनासाथ क्रान्तिकारी बन्ने प्रवृत्ति त्याग्नुपर्ने बताए । उनले आगामी दिनमा कम्युनिस्ट पार्टीहरुका बिचमा सहकार्य मजबुत हुँदै जाने विश्वास व्यक्त गरे ।