२०८३, आश्विन १६ गते

Oct 02 2026 | २०८३, आश्विन १६ गते

पशुपति कलेजमा कानूनी साक्षरता तथा लैंगिक सचेतना कार्यक्रम

बुधवार , फाल्गुण ३०, २०८०

  • 994
    Shares
  • 994
    Shares
  • भैरहवा, ३० फागुन ।
    पशुपति कलेजमा कानूनी साक्षरता तथा लैंगिक सचेतना कार्यक्रम भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ मा रहेको उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरुका लागि उक्त कार्यक्रम भएको हो ।

    बुधबार आयोजित कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख जितबहादुर राजकोटीले नेपालीले समाजले अझै महिलाको नेतृत्वलाई सहज रुपमा स्वीकार नगरेको विचार व्यक्त गरे । उनले समाजमा मानसिक हिंसाजन्य घटना बढ्दो रहेको बताउँदै समाजमा रहेका लैंगिक आधारमा शारीरिक, मानसिक, सामाजिक सांस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरी हुने हिंसालाई सधैको लागि अन्त्य गर्नुपर्नेमा जोड दिए ।

    क्याम्पसको विभागीय प्रमुख तथा कार्यक्रम संयोजक कविता भण्डारीले विकसित समाजमा समेत प्रयाप्त रुपमा महिलाहरु हिंसा रहेको बताउँदै महिला हिंसा समाजमा विकृतिको रुपमा रहेको बताइन् । उनले महिलाहरुमा हुने हिंसाको अन्त्य गर्न सचेतना आवश्यक रहेको बताउँदै सामाजिक हिंसाको अन्त्य गर्न महिलाले नेतृत्व लिनु पर्नेमा जोड दिइन् । कार्यक्रममा महिला अधिकारकर्मी अमृता अनमोलले प्रशिक्षण दिएकी थिइन् ।