२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

सिद्धेश्वर स्तम्भ उद्घाटन

मंगलवार , फाल्गुण ४, २०७७

बुटवल, ४ फागुन । 
दिपनगरस्थित सिद्धेश्वर लालकुमारी माविमा नवनिर्मित सिद्धेश्वर स्तम्भको उद्घाटन, सरस्वती मुर्ति स्थापना, सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । 

मंगलबार बसन्त पञ्चमी (सरस्वती पुजा) को अवसर पारेर बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै नगरको शैक्षिक विकासमा सामुदायिक विद्यालयहरुको महत्वपूर्ण योगदान रहेको बताए । ‘युगानकुल प्रविधियुक्त, गुणस्तरीय शिक्षा, हाम्रो प्रतिवद्घता’ नारासहित लक्ष्यमा आफुहरु सफल भएको विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण ज्ञवालीले बताए । 

विद्यालयको शैक्षिक र भौतिक विकासका लागि वि.सं. २०६४ सालमा महायज्ञ सञ्चालनमा सहयोग गर्ने दाताहरुको नामाकरणसहितको स्तम्भ उद्घाटन गरिएको शिक्षक कैलाश गौतमले बताए ।

कार्यक्रममा शिक्षा महाशाखाका प्रमख मित्रमणि खनाल, विपि प्रतिष्ठान रुपन्देहीका अध्यक्ष युवराज गिरी, बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष कमलप्रताप थापा, स्तम्भ निर्माण समितिका संयोजक नारायणबाबु बस्नेत, राधा ज्ञवाली, समाजसेवी निर्मल जिसी, प्राचार्य गोपिकृष्ण भण्डारीले समुदायको अपनत्वबाट विद्यालयको भौतिक र शैक्षिक विकास भएको बताए । विद्यालयमा कक्षा नर्सरी देखि १० सम्म ५ सय ९८ जना विद्यार्थीहरु छन । त्यसै गरी ११ र १२ व्यवस्थापन, शिक्षा संकायमा गरी २ सय २५ जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर प्रसाद न्यौपानेले बताए । विद्यालयमा २९ जना शिक्षकहरु, १ जना कार्यालय सहयोगी र ३ जना सहयोगी गरी ३२ जना रहेका छन् ।