२०८३, कार्तिक १ गते

Oct 17 2026 | २०८३, कार्तिक १ गते

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

बुधवार , फाल्गुण ३०, २०८०

  • 871
    Shares
  • 871
    Shares
  • काठमाण्डाै, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन् । 

    बुधवार प्रतिनिधिसभा बैठकमा १५७ मत प्राप्त गरी उनले विश्वासको मत लिएका हुन् । २६८ जना सांसदहरु रहेको बैठकमा प्रधानमन्त्री दाहालले बहुमतसहित विश्वासको मत प्राप्त गरेको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

    प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धि प्रश्तावको विपक्षमा ११० मत र दिन्न भन्ने पक्षमा एक मत रहेको छ । 
    सभामुख घिमिरेले भने, ‘माननीय सदस्यहरु आजको मतदानमा माननीय सदस्यहरुको संख्या २६८ रहेको छ ।

    माननीय सदस्यहरु, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त राख्नु भएको प्रश्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा जम्मा १५७ मत, विपक्षमा ११० मत, मत दिन्न भन्ने पक्षमा एक मत परेको छ ।

    सम्माननीय प्रधानमन्त्रीले राख्नु भएको विश्वासको मतको प्रस्तावको पक्षमा १५७ मत परेको र उक्त संख्या प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण संख्याको बहुमत भएकाले सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु ।’

    प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रश्तावको पक्षमा नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका राजनीतिक दलहरु थिए ।