२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

मुलुकको समृद्धिका लागि सरकारलाई सघाउन आएका छौं : लिला गिरी

बुधवार , फाल्गुण ३०, २०८०

  • 997
    Shares
  • 997
    Shares
  • भैरहवा, ३० फागुन । 
    नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य लिला गिरीले देशमा अस्थिरता सिर्जना भएकोले प्रतिपक्षमा रहेको एमाले सरकारमा सहभागी भइ सरकारलाई स्थायीत्व दिन खोजेको बताएका छन् । उनले पछिल्लो सरकारले जनताको आशा भरोसा अनुसार काम गर्न नसकेकोले सरकारमा सहभागी भइ जनताको अपेक्षालाई सम्बोधन गर्न प्रचण्ड नेतृत्वको सरकारलाई एमालेले सहयोग र समर्थन गरेको बताए । 

    लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका गिरीले भने, ‘जनताको खुसी र मुलुकको समृद्धिका लागि सरकारलाई सघाउन आएका छौं । ’

    एमाले क्षेत्रीय कमिटीका पूर्व अध्यक्ष घनेन्द्र विक्रम पाण्डेको धर्मपत्नी सुधादेवी पाण्डेको निधनप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गर्न भैरहवामा आयोजित शोक सभालाई सम्बोधन गर्दै नेता गिरीले मुलुकको समृद्धिको लागि र जनअपेक्षा पुरा गराउनको लागि एमालेले सबै किसिमको त्याग गर्न तयार रहेको समेत बताए । 

    431720823_1110573536854261_4773148441954640589_n.jpg

    सो शोकसभामा एमाले नेताहरु दधिराम न्यौपाने, राजेन्द्र प्रसाद पन्थी, हरि प्रसाद अधिकारी, हितराज पन्थी, चक्र बहादुर थापा, प्रेम कुमार सेन्चुरी लगायतले समवेदना प्रकट गरेको एमाले सिद्धार्थनगरका उपसचिव कुमार कुमार गुरुङले बताए ।